सानिमा बैंकको १० लाख कित्ता संस्थापक शेयर विक्रीमा

मंसिर १७, काठमाडौं । सानिमा बैंकले १० लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. २२० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त शेयर खरीदका लागि न्यूनतम १ लाख कित्ताका लागि निवेदन दिन पर्नेछ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकको साढे १० लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यसअघि फागुन १ गते विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्री खुला गरिएको थियो । ३५ दिनसम्म विद्यमान संस्थापक शेयरधनीमा यी शेयर विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याइएको हो । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटल लिमिटेडमा आवेदन पेस गर्नुपर्नेछ । लगानीकर्ताहरूले आफूले खरीद गर्न चाहेको मूल्य वा शेयर संख्या खुलाई आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । बैंकले गणेश बहादुर श्रेष्ठको नाममा रहेको उक्त शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

कुमारी बैंक र कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । कुमारी बैंक र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा जारी गरेको छ । कुमारी बैंकको १० लाख १८ हजार ५०४ कित्ता र कालिका लघुवित्तको ४० हजार १३१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा आएको हो । कुमारी बैंकले प्रतिकित्ता १०१ रुपैयाँमा संस्थापक शेयर विक्रीमा ल्याएको हो । कुमारी बैंकको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज १० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । कुमारी बैंकको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । कुमारी बैंकको शेयर खरीदका लागि प्राप्त बोलपत्र असोज ११ गते बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा खोलिने जानकारी बैंकले दिएको छ । कालिका लघुवित्तले भने यसअघि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि सर्वसाधारणमा विक्री गर्न लागेको हो । कालिका लघुवित्तको शेयर खरीदका लागि आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा आवेदन पेस गर्नुपर्नेछ । कम्पनीले शेयरको मूल्य भने उल्लेख गरेको छैन ।

दुई कम्पनीको करिब ११ लाख कित्ता संस्थापक शेयर विक्रीमा, क कसले आवेदन दिन मिल्छ ?

काठमाडौं । जेठ ३० गतेदेखि मुक्तिनाथ विकास बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकको कुल १० लाख ६६ हजार ४४७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार ३९२ कित्ता र मुक्तिनाथ विकास बैंकको १ लाख १९ हजार ५५ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा आएको हो ।  मुक्तिनाथ विकास बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. १९० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । मुक्तिनाथ विकास बैंकको शेयर खरीदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । महालक्ष्मी विकास बैंकले भने शेयरको मूल्य तोकेको छैन् । महालक्ष्मी विकास बैंकको शेयर खरीदका लागि इच्छुक शेयरधनीहरूले आगामी ३५ दिनभित्र महालक्ष्मी विकास बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा र मुक्तिनाथ विकास बैंकको शेयर खरीदका लागि विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड नक्साल, काठमाडौं आवेदन पेश गर्नुपर्नेछ । महालक्ष्मी विकास बैंकले विद्यमान संस्थापकबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी दिएको छ ।

नेप्सेमा १० लाख कित्ता बढी शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को १० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज कम्पनीको १० लाख ७ हजार १ सय ७० कित्ता संस्थापक शेयर सुचिकृत भएको हो ।कम्पनीले हकप्रदमा बिक्रि नभएको संस्थापक शेयर शेयर लिलाम गरेको थियो । लिलाम मार्फत बिक्रि गरिएको  १० लाख ७ हजार १ सय ७० कित्ता संस्थापक शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।  कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट कारोबार हुने छ । कम्पनीले यस अघि नै बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहने जनाएको थियो।  कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो । अझै पनि कम्पनीको ठूलो मात्राको शेयर बिक्रि भएको छैन।

कुमारी बैंक र जानकी फाइनान्सको संस्थापक शेयर बुधवारदेखि विक्रीमा

माघ २६, काठमाडौं । कुमारी बैंक र जानकी फाइनान्सको संस्थापक शेयर बुधवारदेखि विक्रीमा आएको छ ।  कुमारी बैंकले मिलन इन्भेष्टमेन्ट कम्पनी प्रा.लीको नाममा रहेको १० लाख ७७ हजार २३९ कित्ता र जानकी फाइनान्सले मनोट कुमार साहको नाममा रहेको ५१ हजार ३५ कित्ता शेयर विक्रीमा आएको हो ।  यी दुवै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।  पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा मात्र अन्य व्यक्ति तथा संस्थाहरुमो यो शेयर विक्री गरिने जानकारी कम्पनीहरुले दिएका छन् ।  शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीहरुको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

आइएमई जनरल इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

साउन १४, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।  कम्पनीको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अव कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत(५१ : ४९ ) कायम भएको छ ।