सानिमा बैंक र सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेड र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । सानिमा बैंकले ६७ हजार संस्थापक शेयर असार १४ गतेदेखि विक्रीमा ल्याएको हाे । बैंकले प्रतिकित्ता रू. १४५ मूल्य तोकेर यो शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ । बैंकको संस्थापक शेयरको मूल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू. १५१ छ भने सर्वसाधारण तर्फको शेयर मूल्य प्रतिकित्ता रू. २५९ दशमलव ९० छ । त्यस्तै, सूर्योदय वोमी लघुवित्तको ९७ हजार २९२ कित्ता संस्थापक शेयर पनि विक्रीमा आएको छ ।  लघुवित्तले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर असार १४ गतेदेखि विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको कर्पोरेट कार्यालय, ललितपुरमा आवेदन पेस गर्नुपर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ । यस कम्पनीको संस्थापक शेयरको मूल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू. ४४७ छ । सर्वसाधारणतर्फको शेयर मूल्य भने प्रतिकित्ता रू. ७६० कायम भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले जारी गरेको सूचनामा शेयरको मूल्य भने उल्लेख गरिएको छैन । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।

सम्बन्धित सामग्री

सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता

सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सियल सर्विसेजबीच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ। युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ। यस सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स...

सानिमा बैंक र प्रहरी अस्पतालबीच सम्झौता

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।...

सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ।...

सानिमा बैंक अब चितवनको टाँडीमा पनि

काठमाडौँ – सानिमा बैंक लिमिटेडले चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका सञ्चालक डा केशवप्रसाद आचार्यले संयुक्त रुपमा गरेका छन्। समुद्घाटन समारोहमा मह जोडीले रत्ननगर टाँडीमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई […]

सानिमा बैंक अब चितवनको टाँडीमा

सानिमा बैंक लिमिटेडले चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी सेवा विस्तार गरेको छ।

सिराहाको मिर्चैयामा सानिमा बैंक

सानिमा बैंक लिमिटेडले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

काभ्रेको पाँचखाल र तामाघाटमा सानिमा बैंक

सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखाल र तामाघाटमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।...

बलम्बुमा सानिमा बैंक

सानिमा बैंक लिमिटेडले काठमाडौंको बलम्बुमा शाखा खोली कारोबार सुरु गरेको छ।

सानिमा बैंक मंगलबजार र बालकुमारीमा

सानिमा बैंक लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा स्थापना गरी कारोबार थालेको छ।