काठमाडौं : इङ्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा लिभरपुल वेस्ट ह्याम युनाईटेडसँग पराजित भएको छ। वेस्ट ह्यामको मैदानमा भएको खेलमा लिभरपुल ३–२ गोलले निराश भएको हो। खेलको चौथो मिनेटमै लिभपुलका एलिसनले आत्मघाती गोल गरेपछि वेस्ट ह्यामले अग्रता बनाएको थियो। ४१ औँ मिनेटमा मोहम्मद सलाहको पासमा ट्रेन्ट अलेक्जेण्डर अर्नोल्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए।पहिलो हाफ १–१ गोलको बराबरी भएको खेलमा ६७ औँ मिनेटमा पाब्लो फर्नाल्स र ७४ औँ मिनेटमा कर्ट जुमाले गोल गर्दै वेस्ट ह्यामलाई ३&