इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल लेस्टर सिटीसँग पराजित भएको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टर सिटीले लिभरपुलमाथि १-० गोलअन्तरले जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीलाई जित दिलाउन एडेमोला लुकम्यानले निर्णायक गोल गरे। उनले खेलको ५९ औं मिनेटमा किइरनन डेउर्सबरी-हलको…