एनएमबि बैंकको ऋणपत्र बाँडफाँट

एनएमबि बैंकले यही जेठ २ गतेदेखि ६ गतेसम्म बिक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो ।तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ११ गते ऋणपत्र बाँडफाँट गरेको बैंकले जानकारी दिएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ‘एनएमबि ऋणपत्र […]

सम्बन्धित सामग्री

एनएमबि बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा बुधवार दुई कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । एनएमबि बैंकको ४० लाख कित्ता र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको २४ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यी दुवै कम्पनीका ऋणपत्र धितोपत्रको दोस्रो बजारमा भोलिदेखि कारोबारमा आउनेछन् ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५ वर्ष अवधिको वार्षिक १० दशमलव ३० प्रतिशत ब्याजदर भएको १०.३० % स्ट्याण्डर्ड चार्टर्ड बैक नेपाल लिमिटेड ऋणपत्र नामक सूचीकृत गराएको हो । त्यस्तै एनएमबि बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर भएको एनमबि डिबेञ्चर १०.७५–२०८९/९० नामक ऋणपत्र सूचीकृत गराएको हो ।  हेर्नुस् सूचना

छिटो अवधिभित्रै विक्री भयो एनएमबि बैंकको १०.७५ % ब्याजदरको ऋणपत्र

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चैत २१ गतेदेखि विक्रीमा ल्याएको ऋणपत्र छिटो अवधिभित्रै विक्री भएको छ । कम्पनीले माग बमोजिम आवेदन प्राप्त भैसकेकाले छिटो अवधि चैत २४ गतेसम्म मात्र ऋणपत्र विक्री गर्ने जानकारी दिएको हो ।  कम्पनीले १० वर्ष अवधिको वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/ २०९०’ नामको ऋणपत्र निष्कासन गरेको हो । प्रतिकित्ता रू. १ हजार मूल्य अंकित दरको रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र कम्पनीले विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू. २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न लागिएको हो । सर्वसाधारणमा बाँडफाँट गरिने ४० प्रतिशत ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिसकिएको छ ।सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा विक्रीमा आएको हो । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।  कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । निश्चित व्याजदर र अवधि तोकेर जारी गरिएको यो ऋणपत्र खरीदकर्ताहरूका लागि तोकिएको ब्याजदर  प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जानकारी दिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

एनएमबि बैंकको उर्जा ऋणपत्र बाँडफाँट

जेठ ११, काठमाडौं । एनएमबि बैंक लिमिटेडले विक्री गरेको उर्जा ऋणपत्र बाँडफाँट गरेको छ ।  बैंकले वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गरेको थियो । यो ऋणपत्र ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रहेको छ ।  तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र जेठ १० गते बाँडफाँट गरिएको हो । बाँडफाँटको तथ्यांक हेर्दा बैंकको उर्जा ऋणपत्र पूर्ण रुपमा विक्री भएको देखिएन ।  बैंकले कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री खुला गरेको थियो भने १४ लाख कित्तामध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १३ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको थियो । बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गरेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र विक्री गरेको थियो । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ प्रदान गरेको थियो । ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी भने  सिद्धार्थ क्यापिटल लिमिटेडले पूरा गरेको छ ।

एनएमबि बैंकको उर्जा ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन

जेठ ४, काठमाडौं । वैशाख २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र खरीद गर्ने जेठ ४ गते (आज) अन्तिम दिन रहेको छ । बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गरेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र बिक्री गरेको थियो । दोस्रो पटक भने बैंकले १५ वर्षे अवधिको वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गरेको हो । निष्कासनमा आएको कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।   इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ प्रदान गरेको छ । ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

छिटो अवधिभित्र बिकेन एनएमबि बैंकको उर्जा ऋणपत्र, जेठ ४ गतेसम्म विक्रीमा रहने

वैशाख २५, काठमाडौं । वैशाख २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र जेठ ४ गतेसम्म विक्रीमा रहने भएको छ ।  कम्पनीले छिटो अवधि वैशाख २५ गतेसम्मको मिति तय गरेको थियो । यस अवधिसम्म माग बमोजिम आवेदन नपर्ने देखिएपछि बैंकले ढिलो अवधिसम्म विक्रीमा रहने जानकारी दिएको हो ।  बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गरेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र विक्री गरेको थियो । दोस्रो पटक भने बैंकले १५ वर्षे  अवधिको वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो । निष्कासनमा आएको कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।  सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।   इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ प्रदान गरेको छ ।  ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

एनएमबि बैंकको उर्जा ऋणपत्र आजदेखि विक्रीमा

वैशाख २१, काठमाडौं । एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र आज (बुधवार) देखि विक्रीमा आएको छ ।  बैंकले १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गर्न लागेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र विक्री गरेको थियो । दोस्रो पटक भने बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो ।  निष्कासनमा आउने कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।  सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।   इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्र छिटोमा वैशाख २५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ४ गतेसम्म विक्रीमा रहने मिति तय गरिएको छ । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माइनस रेटिङ प्रदान गरेको छ ।  ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

दोस्रो पटक उर्जा ऋणपत्र विक्री गर्दै एनएमबि बैंक

वैशाख १२, काठमाडौं । एनएमबि बैंक लिमिटेडले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गर्ने भएको छ ।  बैंकले वैशाख २१ गतेदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गर्न लागेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र विक्री गरेको थियो । दोस्रो पटक भने बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो ।  निष्कासनमा आउने कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।  सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।   इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्र छिटोमा वैशाख २५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ४ गतेसम्म विक्रीमा रहने मिति तय गरिएको छ । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माइनस रेटिङ प्रदान गरेको छ ।  ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

एनएमबि बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत

भदौ ३, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । एनएमबि उर्जा ऋणपत्र १५ लाख कित्ता र २० लाख कित्ता एनएमबि ऋणपत्र सूचीकृत भएको हो ।  यी दुवै ऋणपत्र भदौ ३ गते नेपाल स्टक एक्सचेञ्ज र एनएमबि बैंक बिच धितोपत्र सूचीकृत सम्झौता सम्पन्न भएसँगै सोमवारदेखि लगानीकर्ताले कारोबार गर्न सक्नेछन् ।   आगामी आइतवार सार्वजनिक विदा रहेकाले सोमवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्ने भएका हुन् ।

एनएमबि बैंकको २० लाख कित्ता ऋणपत्र बाँडफाँट

काठमाडौं, १२ जेठ । एनएमबि बैंक लिमिटेडले आज ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले जेठ २ गतेदेखि ६ गतेसम्म विक्रीमा ल्याएको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री आज बाँडफाँट गरेको हो । बैंकको अनुसार तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ११ गते ऋणपत्र बाँडफाँट गरेको हो । १० वर्षे अवधिको वार्षिक ८ […]

एनएमबि बैंकको ऋणपत्र जेठ १६ गतेसम्म विक्रीमा रहने

जेठ ५, काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र जेठ १६ गतेसम्म विक्रीमा रहने भएको छ ।  कम्पनीले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको “एनएमबि ऋणपत्र ८ दशमलव ५–२०८७/ ८८” नामको ऋणपत्र विक्री खुला गरेको हो । यो ऋणपत्र छिटोमा जेठ ५ गतेसम्म र ढिलोमा जेठ १६ गतेसम्म विक्रीमा खुला रहने मिति तय गरिएको थियो । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेकाले ढिलो अवधिसम्म विक्री खुला गरिने भएको हो ।  कम्पनीले प्रतिऋणपत्र रू. १ हजार दरको कुल कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको ऋणपत्रका लागि मात्र आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र खरीदका लागि आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले उक्त कम्पनी समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा प्रयाप्त सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।