एनएमबि बैंकको उर्जा ऋणपत्र आजदेखि विक्रीमा

वैशाख २१, काठमाडौं । एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र आज (बुधवार) देखि विक्रीमा आएको छ ।  बैंकले १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गर्न लागेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र विक्री गरेको थियो । दोस्रो पटक भने बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो ।  निष्कासनमा आउने कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।  सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।   इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्र छिटोमा वैशाख २५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ४ गतेसम्म विक्रीमा रहने मिति तय गरिएको छ । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माइनस रेटिङ प्रदान गरेको छ ।  ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

सम्बन्धित सामग्री

एनएमबि बैंकको उर्जा ऋणपत्र बाँडफाँट

जेठ ११, काठमाडौं । एनएमबि बैंक लिमिटेडले विक्री गरेको उर्जा ऋणपत्र बाँडफाँट गरेको छ ।  बैंकले वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गरेको थियो । यो ऋणपत्र ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रहेको छ ।  तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र जेठ १० गते बाँडफाँट गरिएको हो । बाँडफाँटको तथ्यांक हेर्दा बैंकको उर्जा ऋणपत्र पूर्ण रुपमा विक्री भएको देखिएन ।  बैंकले कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री खुला गरेको थियो भने १४ लाख कित्तामध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १३ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको थियो । बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गरेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र विक्री गरेको थियो । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ प्रदान गरेको थियो । ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी भने  सिद्धार्थ क्यापिटल लिमिटेडले पूरा गरेको छ ।

एनएमबि बैंकको उर्जा ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन

जेठ ४, काठमाडौं । वैशाख २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र खरीद गर्ने जेठ ४ गते (आज) अन्तिम दिन रहेको छ । बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गरेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र बिक्री गरेको थियो । दोस्रो पटक भने बैंकले १५ वर्षे अवधिको वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गरेको हो । निष्कासनमा आएको कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।   इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ प्रदान गरेको छ । ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

छिटो अवधिभित्र बिकेन एनएमबि बैंकको उर्जा ऋणपत्र, जेठ ४ गतेसम्म विक्रीमा रहने

वैशाख २५, काठमाडौं । वैशाख २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र जेठ ४ गतेसम्म विक्रीमा रहने भएको छ ।  कम्पनीले छिटो अवधि वैशाख २५ गतेसम्मको मिति तय गरेको थियो । यस अवधिसम्म माग बमोजिम आवेदन नपर्ने देखिएपछि बैंकले ढिलो अवधिसम्म विक्रीमा रहने जानकारी दिएको हो ।  बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गरेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र विक्री गरेको थियो । दोस्रो पटक भने बैंकले १५ वर्षे  अवधिको वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो । निष्कासनमा आएको कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।  सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।   इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ प्रदान गरेको छ ।  ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

दोस्रो पटक उर्जा ऋणपत्र विक्री गर्दै एनएमबि बैंक

वैशाख १२, काठमाडौं । एनएमबि बैंक लिमिटेडले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गर्ने भएको छ ।  बैंकले वैशाख २१ गतेदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गर्न लागेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र विक्री गरेको थियो । दोस्रो पटक भने बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो ।  निष्कासनमा आउने कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।  सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।   इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्र छिटोमा वैशाख २५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ४ गतेसम्म विक्रीमा रहने मिति तय गरिएको छ । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माइनस रेटिङ प्रदान गरेको छ ।  ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

एनएमबि बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत

भदौ ३, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । एनएमबि उर्जा ऋणपत्र १५ लाख कित्ता र २० लाख कित्ता एनएमबि ऋणपत्र सूचीकृत भएको हो ।  यी दुवै ऋणपत्र भदौ ३ गते नेपाल स्टक एक्सचेञ्ज र एनएमबि बैंक बिच धितोपत्र सूचीकृत सम्झौता सम्पन्न भएसँगै सोमवारदेखि लगानीकर्ताले कारोबार गर्न सक्नेछन् ।   आगामी आइतवार सार्वजनिक विदा रहेकाले सोमवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्ने भएका हुन् ।