भदौ ३, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । एनएमबि उर्जा ऋणपत्र १५ लाख कित्ता र २० लाख कित्ता एनएमबि ऋणपत्र सूचीकृत भएको हो ।
यी दुवै ऋणपत्र भदौ ३ गते नेपाल स्टक एक्सचेञ्ज र एनएमबि बैंक बिच धितोपत्र सूचीकृत सम्झौता सम्पन्न भएसँगै सोमवारदेखि लगानीकर्ताले कारोबार गर्न सक्नेछन् ।
आगामी आइतवार सार्वजनिक विदा रहेकाले सोमवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्ने भएका हुन् ।