काठमाडौं : काठमाडौं महानगरपालिकाले कर नतिर्ने करदाताको घर-घरमै गएर पञ्चेबाजा घन्काउन सुरु गरेको छ।जति ताकेता गर्दा पनि कर नतिरेपछि दबाब दिन महानगरले यो अभियान थालेको हो। महानगरपालिकाको राजश्व विभागका प्रमुख डा.शिवराज अधिकारीका अनुसार पहिलो चरणमा ह्वाइट स्कुल, कान्तिपुर होटललगायत आठ ठूला करदाताको घरदैलोमा पुगेर बाजा बजाइएको छ।‘छिटो कर तिरून् भनी मनोरञ्जनात्मक रुपले करदाताको घरमा गएर बाजागाजा बजाएर दबाब दिएका हौँ,’उनले भने,‘यो बाजाले कर तिर्न महानगरले निमन्त्र