काठमाडौँ,९ माघ । गाउँघरमा हुने विभिन्न सुखद् जमघटमा अनिवार्य जस्तै मानिएको पञ्चेबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र सरोकारवाला निकायले संरक्षणमा जोड नदिँदा पञ्चेबाजा संरक्षणमा चुनौती थपिएको हो । दमाहा, ट्याम्की छिल्लर, सहनाइ र नरसिंहा यी पाँच बाजाको मिश्रित स्वर हो पञ्चेबाजा । […]