ढोरपाटन- एक दशक अगाडिसम्म बागलुङका गाउँदेखि बजारसम्म विवाह, मेला, महोत्सव तथा शुभकार्यमा पञ्चेबाजा निकै बज्ने गर्थे। तर अहिले पञ्चेबाजा कम बज्छन्। पञ्चेबाजाकाे स्थानमा भने ठूला-ठूला साउण्ड सिस्टम र स्पिकर बज्ने गर्छन्। युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तीमा आएका पञ्चेबाजा र नौमती बाजा बजाउने प्रचलन लोप भएका हुन्। अचेल बाजा बजाउने प्रचलन हट्न थालेपछि बाजा बजाएर […]