चैत १७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २३ दशमलव ९५ अंक घटेको छ ।
नेप्से परिसूचक २ हजार ५४४ दशलमव ३० विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२८ धितोपत्रको ३७ लाख ७ हजार ४५ कित्ता शेयरको ३७ हजार ४२९ पटकमा रू. १ अर्ब ९ करोड १ लाख ६४ हजार ६६ बराबरको शेयर खरीदविक्री भएको हो ।
कारोबारमा आएका २२ ओटा धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ्ग नेपालको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो ।
इमर्जिङ्ग नेपालको शेयरमूल्य रू. १ हजार २२४ दशमलव ८०, राष्ट्र उत्थान लघुवित्तको रू. १ हजार ३१९ दशमलव ५० र नेष्डो समृद्ध लघुवित्तको रू. १ हजार ५५ दशलमव ७० कायम भएको छ । त्यसैगरी बिहीवार सबैभन्दा बढी नारायणी डेभलपमेण्ट बैंकका शेयरधनीले गुमाएका छन् ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ७९ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । शेयरमूल्य प्रतिकित्ता रू. ४७१ कयम भएको छ । त्यसैगरी दोस्रोमा युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ४ दशमलव ५३ प्रतिशत घटेर रू. ३३५ कायम भएको छ ।
बिहीवार सर्वाधिक शेयर खरीदविक्री इमर्जिङ नेपालको भएको हो । कम्पनीको रू. ९ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एभरेष्ट इन्स्योरेन्सको रू. ८ करोड ९५ लाख बराबरको शेयर खरीद विक्री भएको हो । कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशलमव ७१ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो ।
समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत, होटल एण्ड टुरिजम समूहको २ दशलमव ५१ प्रतिशत, विकास बैंक समूहको २ दशमलव ३१ प्रतिशत, हाइड्रोपावर समूहको १ दशलमव ८५ प्रतिशत, वित्त समूहको २ दशमलव ७६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४५ प्रतिशत, अन्य समूहको १ दशमलव २६ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ९ प्रतिशत, जीवन बीमा कम्पनीको १ दशमलव २२ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ६२ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ७६ प्रतिशतका दरले घटेको हो ।
बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि घटेको छ । पछिल्लो समय बजार थोरै बढ्दा पनि विक्रेता हावी भएको देखिन्छ । लगानीकर्ताको मनोबल कमजोर भएकाले पनि यस्तो देखिएको हो । एकातिर भने बजार घट्दै जादा कारोबार रकम पनि घट्दा अब लगानीकर्ताले सस्तो मूल्यमा शेयर बेच्न चाहेका छैनन् भने खरीदकर्ताले पनि मँहगोमा शेयर किन्न सकेको छैनन् भन्ने बुझिन्छ । सोही कारण पनि पछिल्लो समय कारोबार रकम घट्दै गएको देखिन्छ ।