थारू सामुदायिक होमस्टे सञ्चालन

लहान नगरपालिका–१५, बानोमा सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ । विपन्न थारू समुदायलाई रोजगारी सिर्जना गर्न र थारू संस्कृतिको संरक्षण गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको ल

सम्बन्धित सामग्री

रिङरोड बाहिरका काँठ बस्ती होमस्टे सञ्चालन गर्न उपयुक्त : पर्यटनमन्त्री

२१ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काँठ बस्तीमा होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् । हाँडीगाउँ सामुदायिक होमस्टे (घरबास) को वार्षिकोत्सव र नयाँ …

मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् लाभ

चितवन । चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास) कि सञ्चालक पम्फा श्रेष्ठ हाल आयआर्जनमा वृद्धि भएकामा निकै खुसी देखिन्छिन । होमस्टे सञ्चालन अघि चितवन राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुले बालीनाली क्षति गरेर वर्षभरी खानसमेत नपुग्ने अवस्थाको स्मरण गर्दै उनी भन्छिन्, ‘अहिले होमस्टेबाट आम्दानी बढेको छ, खेतबारीका अन्न र सागतरकारी समेत गाउँमै खपत भएका […]

मगर समुदायको सामुदायिक होमस्टे सञ्चालन

गोरखाको सहिदलखन गाउँपालिका–२ ढाँडबारीमा रहेका मगरसमुदायले मनकामना मगर सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् ।

काठ नपाउँदा मुर्मा सामुदायिक नमुना होमस्टे अलपत्र

स्वरोजगार हुने उद्देश्यले समुदायका सबै घरधुरी लाई समुदायिक् होमस्टेमा रुपान्तरण गरिएको छ । तर स्थानीय सामुदायिक वनबाट आवश्यकताअनुसार काठ उपलब्ध नहुँदा स्थानीयहरु समस्यामा परेको बताएका छन् । कर्णाली प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य राराताल र मुर्मा टप चिनिन्छ । पर्यटकीय क्षेत्रबाट यो मुर्मा गाउँ नजिकै भएकाले पर्यटकलाई मुर्मा गाउँको समुदायिक होमस्टे आउन सहज हुनेगरेको छ । गाउँमा सामुदायिक होमस्टे सञ्चालन भएपछि गाउँमै धेरैले रोजगार पाएको र गाउँलेहरु स्वरोजगार बनेको स्थानीयको बुझाई छ ।

कोरोनाले पाहुनाविहीन बने तनहुँका होमस्टे

तनहुँ । सधैं पाहुनाको भीड लाग्ने व्यास नगरपालिका–१३ को आँपस्वाँरा दलित सामुदायिक होमस्टे अहिले पाहुनाविहीन भएको छ । कोरोनाले दुई वर्षदेखि पर्यटन व्यवसाय पुरानो लयमा अझै फर्कन नसकेपछि होमस्टे सञ्चालक मर्कामा परेका छन् । पाहुना नआउँदा होमस्टे सञ्चालक कामविहीन भएका छन् । कोरोना संक्रमण कम हुँदै गएपछि हाल जनजीवन सामान्य लयमा फर्किए पनि पाहुना भने नआएको होमस्टे सञ्चालकको भनाइ छ । पाहुना नआउँदा व्यवसाय ठप्प भएको होमस्टेका सञ्चालकको गुनासो छ । कोरोना संक्रमण उच्च बिन्दुमा पुगेपछि पाहुनाविहीन हुँदा होमस्टे सञ्चालक खेती किसानी गरेर जीविकोपार्जन गरेको बताउँछन् । बास बस्न आएका पाहुनालाई दिइएको सेवाबाट प्राप्त आम्दानीले जीविकोपार्जनमा केही सरलता आइरहेको अवस्थामा कोभिड–१९ सुरु भएसँगै घरबास प्रभावित भएको सञ्चालकहरू बताउँछन् । विपन्न दलित समुदायको आर्थिक अवस्था उकास्न सुरु भएको होमस्टेमा विदेशी पाहुनाको आगमन निकै आशलाग्दो थियो । ०७६ चैतबाट देशव्यापी निषेधाज्ञा सुरु भएपछि पाहुनाविहीन भएको होमस्टे अझै तंग्रिन नसकेको होमस्टे सञ्चालक रेशम विकले बताए । कोरोनाले थलिएको पर्यटन दशैंपछि जुर्मुराउन थालेकामा पुनः ओमिक्रोनले प्रभावित बनेको भानु नगरपालिका–१३ टुटेपानीस्थित टुटेपानी होमस्टे व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गुरुङले जानकारी दिए । ‘दुई वर्षदेखि सुस्ताएको होमस्टेमा पाहुना भरिएर तंग्रिन्छ कि जस्तो लागेको थियो तर ओमिक्रोन फैलिएपछि पाहुना आउनै पाएनन्,’ अध्यक्ष गुरुङले भने । ग्रामीण पर्यटनको माध्यमबाट आर्थिक अवस्था उकास्न रोजेका गाउँलेलाई दुई वर्षसम्म कोरोनाले थला पारेको गुरुङले बताए । पर्यटक बढेर लय समात्न नपाउँदै फेरि पाहुना आउन छाडेपछि होमस्टे सञ्चालक मर्कामा परेका हुन् । गुरुङ समुदाय बहुल बस्ती टुटेपानीमा ०७२ सालदेखि होमस्टे सञ्चालनमा ल्याइएको हो । ०७५ सालपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको थियो । बसाइँसराइले सुनसान गाउँ पाहुनाले गुल्जार हुँदै गएपछि गाउँलेहरू उत्साहित बनेका थिए । गाउँमा पर्यटक बढ्न थालेपछि बजार झरेकाहरू गाउँ फर्किएर होमस्टे सञ्चालन गर्दै पाहुनाको स्वागत सत्कारमा व्यस्त भएका थिए । दुई वर्षसम्म कोरोनाले पाहुनाविहिन हुनुपर्दा गाउँ फर्किएर होमस्टेमा लागेकालाई झन् मार परेको गुरुङको भनाइ छ । पूर्वाधार विकासले बामे सर्दै गरेको होमस्टे पाहुनाविहीन हुँदा गति लिन नसकेकाले सञ्चालक मर्कामा परेको उनको बुझाइ छ । यस्तै पीडा चार वर्षअघि सञ्चालन गरेर छोटो समयमा धेरै पाहुना भित्र्याउन सफल भीमाद नगरपालिका–९ भानुमतीको पाथर्दी सामुदायिक होमस्टेका सञ्चालकको छ । यो होमस्टेमा पनि पाहुना घटेका छन् । कोरोनाले थलिएको होमस्टे तंग्रिन नसकेको उनीहरू सुनाउँछन् । व्यावसायिक बोयर बाख्रापालनको अध्ययन अवलोकन गर्न र होमस्टे बस्नलाई हुलका हुल बाँधेर आउने पाहुना घटेर एकाधको संख्यामा झरेको व्यवस्थापन समिति अध्यक्ष शिवकुमार आलेले बताए ।  ‘यहाँका उकाली–ओराली, भन्ज्याङ चौतारी, वन वनस्पति, झरना जताततै पाहुना हुन्थे । अहिले सुनसान बनेको छ,’ अध्यक्ष आलेले भने । हाल ओमिक्रोनको असर घट्दै गएपछि होमस्टे खुला गरिए पनि पाहुना नआएको सञ्चालकको भनाइ छ । गण्डकी प्रदेश सरकारले होमस्टेलाई दिने अनुदान जिल्लाका झन्डै ५० होमस्टेले लिएर पूर्वाधार विकास र प्रवर्द्धन गरेका थिए । अनुदान लिएर सुरु गरेका होमस्टे कोरोनापछि ठप्प छन् । चल्तीका होमस्टे टुटेपानी, रानागाउँ, आँपस्वाँरा, हर्षपुर, पाथर्दी पनि पुरानै अवस्थामा फर्किन सकेका छैनन् । रासस

ताकमकोट क्षेत्रको काफलडाँडामा होमस्टे सञ्चालन गरिने

ऐतिहासिक महत्व बोकेको म्याग्दी जिल्लाको ताकमकोट क्षेत्र घुम्ने पर्यटकका लागि खाना र बास सुविधा दिलाउन होमस्टे सञ्चालन गरिने भएको छ। धवलागिरी गाउँपालिका–७, काफलडाँडाको देउराली आमा समूहले सामुदायिक होमस्टे सञ्चालनको योजना बनाएको हो।

स्याङ्जाका ४९ होमस्टे गाउँ पाहुना राख्न तयार

२५ माघ, पोखरा । २०५४ सालमा स्याङ्जाको सिरुबारीमा तत्कालीन सांसद क्याप्टेन रुद्रमान गुरुङले सामुदायिक घरबास (होमस्टे) को अवधारणा ल्याए । होमस्टे सञ्चालन गर्नेका लागि सिरुबारी एउटा पाठशाला बन्यो । त्यसपछि होमस्टे अवधारणा गाउँहरुमा पनि फैलिँदै गयो ।स्याङ्जाकै अन्य गाउँहरुमा पनि होमस्टे लहरै चल्यो । सिरुबारीजस्तै स्याङ्जाकै वालिङ नगरपालिका–४ मा सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालनमा आयो । […]

ताप्लेजुङको उकाली पानीमा सामुदायिक होमस्टे सञ्चालन हुने

ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ५ उकालीपानीमा सामुदायिक होमस्टे सञ्चालन हुने भएको छ । सदरमुकाम फुङलिङ बजार नजिकै रहेको उकाली पानीको गुरुङ बस्तीमा होमस्टे सञ्चालन हुने भएको हो । सामुदायिक होमस्टेका लागि नारायण गुरुङको अध्यक्षतामा १० सदस्य कार्यसमिति गठन गरिएको छ । होमस्टेका लागि झण्डै २० देखि ३० लाख ...

सामुदायिक होमस्टे’ सञ्चालन

पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित कठार गाउँमा आदिवासी समुदायको प्रयासमा सामुदायिक होमस्टे (घरबास) सञ्चालन गरिएको छ ।

फापरको ढिँडो र सिस्‍नु मनपर्छ? अाउनुस् चितवनको कठार होमस्टे

चितवन :  पूर्वी चितवनको खैरहनी–१० स्थित  कठारगाउँमा आदिवासी समुदायको प्रयासमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ। यहाँका थारु, दराई, मुसहर, तामाङ, गुरुङ समुदायको संयुक्त प्रयासमा १५ वटा सामुदायिक होमस्टे सञ्चालन गरिएको आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे कठारका अध्यक्ष रामेश्वर चौधरी 'डेबिट&...