ताकमकोट क्षेत्रको काफलडाँडामा होमस्टे सञ्चालन गरिने
ऐतिहासिक महत्व बोकेको म्याग्दी जिल्लाको ताकमकोट क्षेत्र घुम्ने पर्यटकका लागि खाना र बास सुविधा दिलाउन होमस्टे सञ्चालन गरिने भएको छ। धवलागिरी गाउँपालिका–७, काफलडाँडाको देउराली आमा समूहले सामुदायिक होमस्टे सञ्चालनको योजना बनाएको हो।
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले प्रदेशमा रहेका होमस्टे सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेशस्तरीय पर्यटन सम्मेलनमा सम्बोधन गर्दै पर्यटनमन्त्री धामीले हरेक होमस्टेमा दुई कोठाको पाहुना घर बनाउन लगायतमा प्रदेश सरकारले होमस्टे व्यवसायीलाई सहयोग गर्ने बताएका हुन् । होमस्टे (घरबास) महासंघ […]
काठमाडौँ– बूढानीलकण्ठ नगरपालिकाका विभिन्न सात स्थानमा ‘होमस्टे’ (घरबास सेवा) सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन आकर्षण गर्न सम्भावित सात स्थानमा ‘होमस्टे’ सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको हो । नगरले चालु आव २०७९-८० को नीति तथा कार्यक्रममा नगभित्रका वडा नं १ तौलुङ, ३ ठूलोगाउँ, ५ स्थित डाँडागाउँ, चिसिनी, लिपिकोट, ११ जगडोल र […]
५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र होमस्टे सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी होमस्टे सञ्चालन गर्ने बताए । ‘प्राचीन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक वर्षमा सम्पदा पुनर्उद्धार गर्दै होमस्टे […]
बुटवल । रूपन्देहीको सैनामैना नगरपालिका–२ स्थित उचिडिहवामा थारू (घरबास) होमस्टे सञ्चालनमा आएको छ । घरबासबाट थारू खानपिन, कला–संस्कृति, वेशभूषाको संरक्षण एवं संवर्द्धन र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ । होमस्टे सञ्चालनका लागि सैनामैना नगरपालिकाले पाँच घर निर्माण गर्न १० लाख अनुदान दिएको छ । यस्तै कार्यक्रम गर्ने सभाहल निर्माणका लागि लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिबाट आर्थिक वर्ष २०७२/७३ मा चार लाख ७५ हजार, आव २०७३/७४ मा ६ लाख ६५ हजार निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमअन्तर्गत आव २०७३/७४ मा १६ लाख ५७ हजार ५००, सैनामैना नगरपालिकाबाट आव २०७२/७३ मा एक लाख ९० हजार, ०७३/७४ मा रु सात लाख, ०७४/७५ पाँच लाख, २०७६/७७ मा ६ लाख र लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास परियोजनाबाट २०७७/७८ मा १२ लाख रकम प्राप्त भएको होमस्टे सञ्चालनका अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।
त्यसैगरी ९ लाख ४६ हजार ५२६ लागत सहभागितामा सो सभाहल निर्माण गरिएको उनले बताए । ‘होमस्टेमा आउने पाहुनालाई स्थानीय कला संस्कृति, नाचगान प्रदर्शन गरिनेछ,’ उनले भने । दुई कोठा भएको पाँच घरमा होमस्टे सञ्चालन गरिएको छ । एउटा कोठामा दुईवटा शय्या छन् । हाल होमस्टेमा एक पटकमा २० जना बास बस्न सकिन्छ । थप १० घरमा पनि होमस्टे सञ्चालन गर्ने योजना रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले बताए । ‘समुदायको प्राचीन र ऐतिहासिक थलो हुँदाहुँदै विकासमा पछाडि पर्यो, थारू कला र संस्कृति पनि हराउँदै जान थालेपछि होमस्टे सञ्चालनलाई नगरपालिकाले पर्यटन प्रवर्द्धनसँग जोडेको छ,’ अध्यक्ष चौधरीले भने । रासस
जुम्ला । जुम्लाको पातारासि गाउँपालिका–७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन् । गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रूपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ ।
हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतका अनुसार विस्तारै अन्य घरमा पनि होमस्टे सञ्चालन गरिनेछ । ‘सफल भएमा अन्य घरलाई पनि होमस्टे बनाउने योजना छ,’ उनले भने । हाल रेडपाण्डा (रातो हाब्रे) संरक्षण नेटवर्कको सहयोगमा ६ घरलाई होमस्टे बनाइएको छ । रावतले भने, ‘मुगुको रारा जाने पर्यटकलाई लक्षित गरी पट्मारा गाउँमा होमस्टे सञ्चालन गरिएको होे ।’
गतवर्ष चैतदेखि शुरू भएको होमस्टेमा कोरोना भाइरसको महामारीका कारण पाहुना आगमन कम छ । कोरोनाको संकट कम भएर पर्यटनले लय समात्नेमा रावत विश्वस्त छन् । आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने उनी बताउँछन् ।
पाहुनाको पर्खाइमा रहेको होमस्टे सञ्चालिका राज्यलक्षी रावतले बताइन् । ‘पाहुनालाई न्यानो स्वागतका साथै रैथाने बालीका परिकार खुवाउन हामी आतुर छौं । लोकल कुुखुराको सुप र मासु, कालीमार्सी चामलको भात, फापरको परिकार र चिनोको खिरलगायत परिकार तयार पार्छौं,’ उनले बताइन् ।
रारा जाने तथा पट्मारा गाउँको महारुद्र सामुदायिक वनमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा हेर्न आउने पर्यटकलाई लक्षित गरी होमस्टे शुरू गरिएको रावतले बताए । ‘रेडपाण्डा हेर्न पट्मारा गाउँमा एक पटक आउन आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गर्छौं ।
खलङ्गा, १६ मङ्सिर: जुम्लाको पातारासि गाउँपालिका– ७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन् । गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रुपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ । हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतका अनुसार विस्तारै अन्य घरमा पनि होमस्टे सञ्चालन गरिने छ । “सफल भएमा अन्य घरलाई पनि होमस्टे बनाउने योजना […]
लमजुङ– पछिल्लो समय रोजगारीको लागि युवा विदेश पलायनको क्रम दिनानुदिन बढ्दो छ । बिदेसिएका र बसाइँसराइलाई रोक्न लमजुङको दोर्दी गाउँपालिका ६ ताँजेमा होमस्टे सञ्चालन गरिएको छ । ५५ घरधुरी रहेको ताँजेमा युवाहरूकै सक्रियता होमस्टे सञ्चालन गरिएको हो । गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सञ्चालन भएसँगै ताँजेका युवाहरू गाउँ फर्किएका छन् । प्रकृतिको बरदान […]
सुर्खेत-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोपउन्मुख राजी समुदायले होमस्टे सञ्चालन गरेका छन् । अल्पसंख्यक राजी समुदायको कला साँस्कृतिको प्रचार प्रसार गर्नुका साथै आर्थिक आय–आर्जनका लागि होमस्टे सञ्चालन गरिएको हो ।वीरेन्द्रनगर १० दिपनगरमा जमिन भाडामा दिएर सञ्चालन गरिएको उक्त होमस्टेमा राजी जातिको कला संस्कृतको अवलोकन गर्नुका साथै उनीहरुको परम्परागत खानाका परिकारहरु पनि पाइने जनाइएकिो छ । कर्णाली […]
२५ माघ, पोखरा । २०५४ सालमा स्याङ्जाको सिरुबारीमा तत्कालीन सांसद क्याप्टेन रुद्रमान गुरुङले सामुदायिक घरबास (होमस्टे) को अवधारणा ल्याए । होमस्टे सञ्चालन गर्नेका लागि सिरुबारी एउटा पाठशाला बन्यो । त्यसपछि होमस्टे अवधारणा गाउँहरुमा पनि फैलिँदै गयो ।स्याङ्जाकै अन्य गाउँहरुमा पनि होमस्टे लहरै चल्यो । सिरुबारीजस्तै स्याङ्जाकै वालिङ नगरपालिका–४ मा सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालनमा आयो । […]