स्वरोजगार हुने उद्देश्यले समुदायका सबै घरधुरी लाई समुदायिक् होमस्टेमा रुपान्तरण गरिएको छ । तर स्थानीय सामुदायिक वनबाट आवश्यकताअनुसार काठ उपलब्ध नहुँदा स्थानीयहरु समस्यामा परेको बताएका छन् । कर्णाली प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य राराताल र मुर्मा टप चिनिन्छ । पर्यटकीय क्षेत्रबाट यो मुर्मा गाउँ नजिकै भएकाले पर्यटकलाई मुर्मा गाउँको समुदायिक होमस्टे आउन सहज हुनेगरेको छ । गाउँमा सामुदायिक होमस्टे सञ्चालन भएपछि गाउँमै धेरैले रोजगार पाएको र गाउँलेहरु स्वरोजगार बनेको स्थानीयको बुझाई छ ।