पश्चिम रुकुममा अर्को यातायात समिति खुल्यो - Naya Patrika
पश्चिम रुकुममा अर्को यातायात समिति संचालनमा आएको छ । यसअघि नै ४ ओटा यातायात समिति संचालनमा रहेको जिल्लामा शुक्रबारदेखि मध्यपहाडी लोक मार्ग यातायात प्रालि संचालनमा आएको हो । यो संगै...पूरा पढ्नुहोस् »
१० माघ, काठमाडौं । यातायात सुधार सुझाव कार्यदलले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई थप ५ वर्ष प्रतिबन्ध फुकाउन सिफारिस गरेको छ । पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले यातायात व्यवस्था विभागमा पेश गरेको प्रतिवेदनमा सम्पत्ति र दायित्व फरफारक गर्न यातायात समितिलाई समय दिनुपर्ने सिफारिस गरेको हो । सरकारले ४ वैशाख २०७५ मा जिल्ला प्रशासन कार्यालयमा […]
विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भविशकुमार श्रेष्ठ सभापति रहेको पर्यटन तथा हवाई यातायात समिति विस्तार गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र समितिका सभापति श्रेष्ठको उपस्थितिमा आइतवार एक कार्यक्रममा उक्त समिति विस्तार गरिएको बताइएको छ ।
कोशी प्रदेशमा पर्यटन प्रवर्द्धन गरी ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक भित्त्याउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्न समितिको विस्तार गरिएको हो । विस्तारित समितिको उपसभापतिमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्य भट्टराई चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा नाट्टा कोशी प्रदेशका पूर्वअध्यक्ष उदय श्रेष्ठ, नेपाल होटल व्यवसायी महासंघका सचिव वासु बराल, निर्माण कृषि फार्मका सञ्चालक सुरज श्रेष्ठ, इटहरी उद्योग वाणिज्य संघका सचिव विनोद पौडेल, इलाम पर्यटन समितिका कमला बास्कोटा रिजाल, होटल डोम्लो प्रालिका सञ्चालक खेमराज वन र होटल फूलबारी इनरुवाका सञ्चालक रामसुन्दर श्रेष्ठ चयन भएको बताइएको छ ।
समितिका आमन्त्रित सदस्यहरूमा होटल संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, भेडेटार होटल संघका सचिव रमेश श्रेष्ठ, कोशी ग्लोबल नेप्लिष्ट सेफ फेडेरेशनका अध्यक्ष प्रेमकुमार सुब्बा, अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे, तेह्रथुमकी होटल व्यवसायी श्रृजना लामा फोम्बो, होटल संघ नेपालका सदस्यद्वय मोक्ष पोखरेल, सरोज पौडेल र होटल संघ उदयपुरका पदमलाल लम्साल छन् ।
समितिका सल्लाहकारमा होटल संघ कोशीका अध्यक्ष राजन श्रेष्ठ, नेपाल होटल व्यवसायी महासंघ कोशीका अध्यक्ष राजन दंगाल र इलाम उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष सुशीला सापकोटालाई चयन गरिएको सभापति श्रेष्ठले जानकारी दिए ।
काठमाडौं, १२ भदौ । नेपाल उद्योग वाणिज्य महासंघमा देशबन्धु वस्नेत नेतृत्वमा रहेको पर्यटन तथा हवाई यातायात समिति विस्तार भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सभापति वस्नेतको उपस्थितीमा महासंघमा एक कार्यक्रमकाबीच उक्त समिति विस्तार गरिएको हो । सो समितिको उपसभापतिमा टानका अध्यक्ष निलहरी वस्तोला र नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईँ रहेका छन् । यसैगरी […]
नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समिति विस्तार भएको छ । महासङ्घमा आइतबार एक कार्यक्रमबीच उक्त समिति विस्तार गरिएको हो । देशबन्धु बस्नेत (अजित) नेतृत्वको उक्त समितिमा सो समितिको उपसभापतिमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बाँस्तोला र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का निवर्तमान अध्यक्ष अच्युत …
काठमाडौं - सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ ।
सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगर्ने भएको गृह मन्त्रालयले जनाएको छ ।
गएको असार ३१ गते गृह भौतिक पूर्वाधार तथा या...
सरकारले यातायात समिति खारेज गर्ने निणर्य गरेसँगै यातायात व्यवसायीहरूले धमाधम कम्पनीमा दर्ता गर्न थालेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चरणबद्ध आन्दोलनको घोषणालाई वेवास्था गर्दै व्यवसायीहरूले कम्पनी दर्ता गराइरहेका छन्। गत चैत १८ गते भन्दापछि मात्र १९ वटा कम्पनी रजिष्टार भएको, १२ वटाको प्रकृया अघि बढेको, ५७ वटाको नाम स्वीकृत भएको र ६२ वटा नाम…
रुकुम पश्चिमका दुई यातायात समिति मर्ज भएका छन् । सिस्ने हिमाल बस तथा मिनीबस व्यवसायी समिति र प्रफि यातायात प्रालिले एकता गर्ने निर्णय गरेका हुन् । निर्णयपछि पत्रकारसँग भेटघाट कार्यक्रमको आयोजना गरी एकीकृत रूपमा यातायात सेवा दिने जानकारी पनि दिएका छन् ।