उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समिति विस्तार भएको छ । महासङ्घमा आइतबार एक कार्यक्रमबीच उक्त समिति विस्तार गरिएको हो । देशबन्धु बस्नेत (अजित) नेतृत्वको उक्त समितिमा सो समितिको उपसभापतिमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बाँस्तोला र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का निवर्तमान अध्यक्ष अच्युत …

सम्बन्धित सामग्री

पर्यटन तथा हवाई यातायात समिति विस्तार

विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भविशकुमार श्रेष्ठ सभापति रहेको पर्यटन तथा हवाई यातायात समिति विस्तार गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र समितिका सभापति श्रेष्ठको उपस्थितिमा आइतवार एक कार्यक्रममा उक्त समिति विस्तार गरिएको बताइएको छ । कोशी प्रदेशमा पर्यटन प्रवर्द्धन गरी ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक भित्त्याउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्न समितिको विस्तार गरिएको हो । विस्तारित समितिको उपसभापतिमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्य भट्टराई चयन भएका छन् । यसैगरी सदस्यहरूमा नाट्टा कोशी प्रदेशका पूर्वअध्यक्ष उदय श्रेष्ठ, नेपाल होटल व्यवसायी महासंघका सचिव वासु बराल, निर्माण कृषि फार्मका सञ्चालक सुरज श्रेष्ठ, इटहरी उद्योग वाणिज्य संघका सचिव विनोद पौडेल, इलाम पर्यटन समितिका कमला बास्कोटा रिजाल, होटल डोम्लो प्रालिका सञ्चालक खेमराज वन र होटल फूलबारी इनरुवाका सञ्चालक रामसुन्दर श्रेष्ठ चयन भएको बताइएको छ । समितिका आमन्त्रित सदस्यहरूमा होटल संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, भेडेटार होटल संघका सचिव रमेश श्रेष्ठ, कोशी ग्लोबल नेप्लिष्ट सेफ फेडेरेशनका अध्यक्ष प्रेमकुमार सुब्बा, अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे, तेह्रथुमकी होटल व्यवसायी श्रृजना लामा फोम्बो, होटल संघ नेपालका सदस्यद्वय मोक्ष पोखरेल, सरोज पौडेल र होटल संघ उदयपुरका पदमलाल लम्साल छन् । समितिका सल्लाहकारमा होटल संघ कोशीका अध्यक्ष राजन श्रेष्ठ, नेपाल होटल व्यवसायी महासंघ कोशीका अध्यक्ष राजन दंगाल र इलाम उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष सुशीला सापकोटालाई चयन गरिएको सभापति श्रेष्ठले जानकारी दिए ।

‘धार्मिक र पर्यटन क्षेत्रलाई विकास गराउन सके रोजगारीमा वृद्धि हुन्छ’

मोरङ – कोसी प्रदेशमा धार्मिक र पर्यटन क्षेत्रलाई विकास गराउन सके रोजगारीमा वृद्धि हुन सक्ने नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताएका छन्। आइतबार विराटनगरमा आयोजित कोसी प्रदेश पर्यटन तथा हवाई यातायात समिति विस्तार कार्यक्रममा अध्यक्ष राउतले नवगठित १७ सदस्यीय समितिले पर्यटन क्षेत्रको विकासमा सघाउ पुर् याउने विश्वास लिएको बताए। कोसी प्रदेश […]

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा भविषकुमारको नेतृत्वमा पर्यटन समिति

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भविष कुमार श्रेष्ठको नेतृत्वको पर्यटन तथा हवाई यातायात समिति विस्तार गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र सभापति भविष कुमार श्रेष्ठको उपस्थितिमा महासंघमा एक कार्यक्रमबीच उक्त समिति विस्तार भएको हो ।

महासंघमा बस्नेत नेतृत्वको पर्यटन तथा हवाई यातायात समिति विस्तार

काठमाडौं, १२ भदौ । नेपाल उद्योग वाणिज्य महासंघमा देशबन्धु वस्नेत नेतृत्वमा रहेको पर्यटन तथा हवाई यातायात समिति विस्तार भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सभापति वस्नेतको उपस्थितीमा महासंघमा एक कार्यक्रमकाबीच उक्त समिति विस्तार गरिएको हो । सो समितिको उपसभापतिमा टानका अध्यक्ष निलहरी वस्तोला र नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईँ रहेका छन् । यसैगरी […]

उद्योग वाणिज्य महासंघको पर्यटन समितिको उपसभापतिमा अच्युत गुरागाईं

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को पर्यटन समितिको उपसभापतिमा अच्युत गुरागाईं मनोनित भएका छन् । आइतबार बसेको एफएनसीसीआईको पर्यटन तथा हवाई यातायात समिति बैठकमा महासंघका अध्यक्ष चन्द्र ढकालले गुरागाईंलाई उपसभापतिमा मनोनित भएको पत्र हस्तान्तरण गरेका हुन् । समितिको सभापति देशबन्धु बस्नेत (अजित) छन् । आइतबार दिउँसो बसेको पर्यटन समितिको बैठकमा अध्यक्ष ढकालले नेपालको पर्यटनलाई […]

अमेरिकी होटल ब्राण्ड विंडहाम नेपाल भित्रियो, इटहरीमा होटल सञ्चालन गर्ने

८ असार, काठमाडौं । अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसीसीआई)का अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले इटहरीमा यो ब्राण्ड भित्राएका हुन् । विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग ९५ देशमा ८ हजार ९०० भन्दा धेरै होटल र २४ […]