नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले तत्कालीन गठबन्धन टुट्नुमा पार्टी दोषी नरहेको दाबी गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने विकल्पमा जान समय नपुगेको बताए ।आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेको उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए ।