काँग्रेस काम गर्ने पार्टी हो : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले काँग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताएका छन् । नुवाकोटको दुप्चेश्वरमा बिहीबार आयोजित दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रवक्ता महतले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।“नुवाकोट जिल्ला मात्र नभई देशका सबै जिल्लामा विकासको मूल फुटाउने काम कांग्रेसले सुरु गरेको हो”, उनले भने, “हामी गफ गर्ने पाटी होइनौँ, अरु गफ गर्ने र हल्लाखल

सम्बन्धित सामग्री

के उठ्लान् प्रत्यक्षमा कांग्रेस प्रवक्ता महत ?

काठमाडौं । आगामी ४ मंसिरमा हुने निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार नै आफू बन्न इच्छुक रहेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएकाे छ। समानुपातिक पद्धतिको सूचीमा रहेका नेता महतले पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेको नेतृत्वलाई पनि जानकारी गराएको बताउनुभयाे । महतको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक पद्धतिको उम्मेदवारको बन्द […]

सरकारको काममा असन्तुष्ट हुनुपर्ने कारण छैन : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारको एक वर्ष सन्तोषजनक रहेको बताएका छन्।  पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन्। कोभिड व्यवस्थापन, भ्रष्टाचार नियन्त्रणमा सरकारले राम्रो काम गरेको बताउँदै...

कांग्रेसले बनाएको नीतिको ब्याज र साउँ खाने पार्टी एमालेः प्रवक्ता महत

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले झूठ बोलेको आरोप लगाएको छ । ओलीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ६७ बुँदे अपिलमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै सोमबार पार्टी कार्यालयमा आयोजित काउन्टर पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाश शरण महतले ओली झूठको पुलिन्दा भएको आरोप लगाएका हुन् । प्रवक्ता महतले नेपाली कांग्रेसले […]

केही ठाउँमा विरोधका बाबजुद गठबन्धन सफल भयो : कांग्रेस प्रवक्ता महत

काठमाडौं, १८ वैशाख : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताए । उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । […]

सत्तारुढ दलहरूबीचनै प्रतिस्पर्धा हुनसक्छ : प्रवक्ता महत

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला उहाँले सञ्चारकर्मीमाझ गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति गरिएको स्पष्ट पार्नुभयो ।

आवश्यकताको आधारमा गठबन्धन हुन्छ : प्रवक्ता महत

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यक्ताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरै भन्दा धेरै सिट जित्छ […]

आवश्यकताको सिद्धान्तमा गठबन्धन हुन्छ : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आवश्यकताको आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकका बीचमा सञ्चारकर्मीसँग प्रवक्ता महतले चुनावी गठबन्धन हुने बताए ।उनले भने, ‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुन्छ । काँग्रेस चुनावी तालमेल गर्न उदार छ ।’ स्थानीय तहमा काँग्रेसको अवस्था हेरेर गठबन्धन गरिने उनको भनाइ छ । यस्तै काँग्रेस नेतृ सुजाता कोइरालाले पनि गठबन्धन गरेर जानुपर्नेमा जोड दिएकी थिइन् । ‘गठबन्धन गरेरै ज

काँग्रेसमा एकता जरुरी : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन् । उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा काँग्रेस एकाकारले पूर्णता पाउने समेत बताए ।‘काँग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुट उपगुट अन्त्य हुनेमा विश्वस्त छु’, पूर्वमन्त्रीसमेत रहेका महतले भने । उनले आगामी स्थानीय तहको निर

एमसीसीबारेको भ्रम समाप्त भएको छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएको बताएका छन् ।पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनमा रहेका दलहरुको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले एमसीसी सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र सन्देहलाई चिर्न ठूलो मद्दत पुगेको […]