नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आवश्यकताको आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकका बीचमा सञ्चारकर्मीसँग प्रवक्ता महतले चुनावी गठबन्धन हुने बताए ।उनले भने, ‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुन्छ । काँग्रेस चुनावी तालमेल गर्न उदार छ ।’ स्थानीय तहमा काँग्रेसको अवस्था हेरेर गठबन्धन गरिने उनको भनाइ छ । यस्तै काँग्रेस नेतृ सुजाता कोइरालाले पनि गठबन्धन गरेर जानुपर्नेमा जोड दिएकी थिइन् । ‘गठबन्धन गरेरै ज