काठमाण्डाै – विजया दशमीकाे दिन टीका र आशीर्वाद थाप्न आफन्तकाेमा जाने क्रमसँगै काठमाण्डाैका सडकमा चहलपहल बढ्न थालेको छ ।
आज बुधवार दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवम् नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम सुरु भएको हो । काठमाण्डाै उपत्यकाका तीन जिल्ला (काठमाण्डाै, ललितपुर र भक्तपुर) मा साइतको टीका घरमा लगाइसकेपछि आफन्तकोमा जाने क्रमसँगै मानिसहरू सडकमा गाडी कुरेर बसिरहेको देख्न सकिन्छ ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलक...