काठमाण्डाै - यो वर्षको विजया दशमीको साइतको टीका लगाइएको छ । साइतमै लगाउनेहरुले बिहान १० बजेर दुई मिनेटको उत्तम साइतमा टीका लगाएका छन् ।
टीका लगाएसँगै उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको छ । दशैँको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरुको सडकमा चहलपहल सुरु भएको हो । दशैँअघि लाखौँ मानिस उपत्यका बाहिर गएकाले केही दिन सुनसान बनेको काठमाण्डौका सडकमा आज टीकाको साइतपछि भने चहलपहल बढेको हो ।
निधारमा रातो टीका लगाएका मानिसहरु सडकका देखिएका छन् । सार्वजनिक गाड...