काठमाण्डाै – दशैँको टीकाको चौथो दिन आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने क्रम कायमै छ । केही ठाउँमा विजयादशमीको दिनमा मात्रै टीका लगाउने चलन भए पनि धेरै ठाउँमा भोलि कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने गरिन्छ ।
विजयादशमीको दिन सबै मान्यजन र आफन्तकोमा पुग्न नभ्याइने भएकाले पूर्णिमासम्म नै टीका लगाउने गरिएको हो । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गर...