पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५ हजार ७२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका थप दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । एक विदेशी खेलाडीमा कोरोना संक्रमण पुष्टि भए पछि अन्यलाई गरिएको परीक्षणमा दुई खेलाडी र एक टिम सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको हो । २६ मार्चमा आईपीएल सुरु भएयता कुनै पनि टिममा कोभिड–१९ को संक्रमण देखिएको […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । महामन्त्री शर्माले आफूसहित सपरिवारलाई यस अघि करिब ८ महिना अघि पनि कोरोना भएको र फेरि कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजाल ट्वीटर मार्फत बताउनु भएको हो । उहाँ सहित परिवारलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । विशेष गरी सार्वजनिक कार्यक्रममा सहभागी […]
२६ पुस, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ रिजाललाई आज लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएको पारिवारिक स्रोतले जनायो । ‘सन्चो छैन भन्दै हुनुहुन्थ्यो, तर आज पनि अफिस जानु भएको थियो,’ स्रोतले भन्यो, ‘आजै उहाँको रिपोर्ट पोजेटिभ आएको छ ।’ प्रजिअ रिजाललाई मोबाइलमा फोन गर्दा उनको फोन […]
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनी हाल होम आइसोलेसनमै छन् ।
उनले हालसालै आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेका छन् । हालै महाधिवेशन सम्पन्न गरेको माओवादीका केन्द्रीय कार्यालयका कतिपय कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द गरिएको छ ।
यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म दुई लाख ७४ हजार ७ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप […]
The post ६६ जनामा कोरोना संक्रमण पुष्टि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.