काठमाडौं– भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका हक-अधिकार सुनिश्चितताको माग गर्दै काठमाडौँमा खबरदारी र्याली निकालिएको छ । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा काठमाडौं उपत्यका विशेष समितिले बिहीबार माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म र्याली निकालेको हो । सहभागीले ‘गरिबमारा सरकार मुर्दावाद’, ‘लोकतन्त्रको सम्मान गर्’, ‘मानवअधिकारको सम्मान गर्’, ‘सुकुम्वासीको व्यवस्थापन के गरिस् ?’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सरकारले डोजर […]