पानी उद्योगमा काम गर्दै महिला

सङ्खुवासभा, २ वैशाख । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा रहेको हिमाली पानी उद्योगमा काम गर्दै स्थानीय महिला । तस्वीरः भविन कार्की÷रासस

सम्बन्धित सामग्री

बस्तीका अपमानजनक नाम फेरिए

घटना गत भदौको हो । बैतडीको पाटन नगरपालिका वडा नं ६ भट्टाड (जुन गाउँमा भाँड र कुमाल जातिको बसोबास छ) की एक ३६ वर्षीया महिला काम विशेषले छिमेकी गाउँ सिलंगा पुगिन् । थकाइ र गर्मीले लखतरान भएकी उनले सोही नगरपालिकाको वडा नं – २ मा पर्ने एक घरमा पिउन पानी मागिन् ।

झिनियाँ बनाउनमा व्यस्त म्याग्दीका महिला उद्यमी (फोटोफिचर)

म्याग्दी – जिल्लाको बेनी नगरपालिका–८, हस्पिटलचोककी महिला उद्यमी भुलकुमारी रोका अहिले तिहार पर्वका लागि झिनियाँ बनाउने काममा निकै व्यस्त हुनुहुन्छ । बिहान उठेदेखि साँझसम्म झिनियाँलाई पानी तताउने, चामलको पीठो खुड्ने (ढिँडो मस्काउने), मेसिनमा राखेर पेल्ने, झिनियाँ बनाउने, सुकाउने र उठाउने उहाँको दिनचर्या बनेको छ । २०६० सालबाट झिनियाँ बनाउने काम सुरु गर्नुभएकी रोकाले पछि बिस्तारै व्यावसायिक रुपमा झिनियाँ बनाउन थाल्नुभएको हो । सुरुवातको समयमा सामूहिक रुपमा पाँच जनाले झिनियाँ बनाएकोमा अहिले उहाँसँगै थ...

सबै केन्द्रमा पुगे मतदान अधिकृत

रूकुमपूर्व । रूकुमपूर्वको सबै मतदान केन्द्रमा मंगलवार मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगेका छन् । टाढाको मतदान केन्द्रमा सोमवार साँझ नै मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगिसकेका थिए । अन्य सबै मतदान केन्द्रमा भने मंगलवार मतदान अधिकृत सहायक मतदान अधिकृतसँगै अन्य कर्मचारी पनि निर्वाचनको आवश्यक सामग्रीसहित पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतदान केन्द्रमा पुगेर पनि उनीहरूले काम शुरू गरिसकेका छन् । सबैले सम्बद्ध मतदान केन्द्रमा सर्वपक्षीय बैठक बस्नेदेखि लिएर मतदान क्षेत्र तोक्ने, मदिरा सेवन तथा विक्री वितरणमा बन्देज, हातहतियार लिएर मतदान केन्द्रमा जान नपाइने लगाएका सूचना टाँस गरेको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । भौगोलिक हिसाबले विकट यस जिल्लाको सिस्ने–१, पुथाउत्तरगंगाको १, २, ३ लगायत वडाहरूमा खटिएकाहरू २ दिन लगाएर पुगेका छन् । अब उनीहरूले २८ र २९ गते स्वयंसेवकमार्फत मतदान केन्द्रमा मतदाता शिक्षा कायर्यक्रम सञ्चालन गर्नेछन् । मतदान सकिएपछि पनि सम्बद्ध पालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुर्‍याउन टाढाको मतदान केन्द्रबाट साढे १ देखि २ दिनसम्म लाग्ने मुख्य निर्वाचन अधिकृत लवटले बताए । मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन पानी पर्ने अनुमान गरेकाले पानी पर्‍यो भने यस जिल्लामा बिजुली र फोनको समस्याले निर्वाचनको काम प्रभावित हुन्छ कि भन्ने डर पनि रहेको उनले जानकारी दिए । सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनको दिन पानी पर्न सक्ने कुरालाई ध्यानमा राखेर आवश्यक तयारी गर्न भनिएको उहाँको भनाइ छ । रूकुमपूर्वमा ३५ मतदानस्थल र ४९ ओटा मतदान केन्द्र रहेका छन् । यस जिल्लामा १६ हजार ८९४ पुरूष र १६ हजार ६२४ महिला गरी ३३ हजार ११८ मतदाता रहेका छन् । रासस

बझाङमा महिलाकाे सक्रियतामा घरघरमा स्वच्छ खानेपानी

बझाङ - घरघरमा खानेपानी पुगे पछि बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरी गाउँका स्थानीय बासिन्दा दङ्ग परेका छन् । खानेपानीको अभावमा गाउँ नजिकै बग्ने खोलाको फोहोर पानी पिउन बाध्य भएका उनीहरु अहिले घर घरमा खानेपानीको धारा पुगेसँगै दङ्ग परेका हुन् ।   घरघरमा खानेपानीका धारा निर्माण भएपछि सरसफाइमा समेत परिवर्तन आएको छ । खोरीका महिला एक जुट भएर ८४ लाख रुपैयाँ बराबरको खानेपानी निर्माणको काम गरेका हुन् ।  छडाेखाेला खाेरी खानेपानी सरसफाइ याेजना उपभाेक्ता समितिका सहसचिव बसन्ती बुढ...

पुल नहुँदा वारपार गर्न बयलगाडाको सहारा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीका केही महिला शिवगंगा नदीको किनारमा रहेको चौरमा गाईगोरु, बाख्रा चराइरहेका थिए । नदीमा तिघ्रासम्मको पानी थियो । केही मानिस नदीमा जोखिम मोलेर वारपार गरिरहेका थिए । गाईबाख्रा चराउँदै गरेकी पथरीगाउँकी ३५ वर्षीया सीता चौधरीले साथीसँग सोधिन्, यो नदी (शिवगंगा)मा पुल बन्ने भन्थे, खै कहिलेदेखि काम अघि बढ्ला ? […] The post पुल नहुँदा वारपार गर्न बयलगाडाको सहारा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रधानमन्त्री ओली भन्छन्– माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो कहाँबाट आउँछ ?

प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय प्रणाली...

राजनीति नेतृत्व नै अनिष्ट काम गर्न लागि पर्नु चिन्ताजनकः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति नेतृत्वबाटै देशको विरुद्धमा अनिष्ट काम भईरहेको बताएका छन्। तेस्रो राष्ट्रिय महिला अधिकार दिवस कार्यक्रममा नेतृत्व तह नै दलीय अनुसाशान,मर्यादा, प्रणाली र कुनैपनि अनुशासनको प्रणाली नमानेर हिड्नु गलत भएको बताए। “नेतृत्वतहबाटै धमिलो पानी बगाउने काम भइरहेको छ यो चिन्ताको विषय हो। माथिबाटै धमिलो पानी बगेपछि तल कहाँ सङ्ग्लो हुन्छ‍’, उनले भने।

बैङ्कका महिला ऊर्जा

रूपन्देहीको बुटवल उपमहानगरपालिका, कालिकानगरस्थित भैरहवा–बुटवल सडक खण्डको दाहिनेतर्फ टाढैबाट प्रष्ट देखिने चिटिक्क परेको एकतले भवन छ । हरियो, गाढा रातो र सेतो रङ लगाएर चिटिक्क सिँगारिएको यो भवनले देख्ने बित्तिकै मान्छेको नजर तान्छ । यति मात्र होइन, भवनको पार्किङ क्षेत्र छिचोल्दै मुख्य द्वार पुग्दा ढोका आफैँ खुल्छ । यहाँ ‘सेन्सर गेट’ जो राखिएको छ । भित्र पस्ने बित्तिकै बायाँतिर ‘कस्टुमर हेल्प डेक्स’ राखिएको छ । डेक्समा स्वागतको मुद्रामा देखिन्छन् कोट पाइन्टमा सजिएका दुई युवती । काउण्टरमा चेक साट्न, नगद जम्मा गर्न, रेमिट्यान्स तथा ऋण लिन, नयाँ खाता खोल्नलगायत सम्पूर्ण काम महिला कर्मचारीहरूले गरिदिन्छन् । अझ शाखा प्रमुख पनि महिला नै छन् । यतिसम्म कि चिया÷कफी तथा पिउने पानी ल्याइदिने र सरसफाइलगायत काममा सहयोगीको भूमिकामा पनि महिला नै भेटिए ।

किसान भन्छन्–मानो रोपेर मुरी फलाउने दिन गए

हिलाम्य खेत, हातभरि धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् । अकाशभरि छिटपुट पानी परिरहेको छ तर नजिकै रहेको गण्डक नहरमा भने पानी आइसकेको छैन । भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाडेपछि मानो रोपेर मुरी फलाउने काम यसपालि अधुरै हुन लागेको हो । गण्डक नहरमा पानी नआउँदा पर्सा, बारा तथा रौतहटमा सिँचाइको अभावमा चाहेजति धानको बेर्ना राख्न नपाएपछि यहाँका किसान पुर्पुरोमा हात राख्न बाध्य छन् ।