बझाङ - घरघरमा खानेपानी पुगे पछि बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरी गाउँका स्थानीय बासिन्दा दङ्ग परेका छन् ।
खानेपानीको अभावमा गाउँ नजिकै बग्ने खोलाको फोहोर पानी पिउन बाध्य भएका उनीहरु अहिले घर घरमा खानेपानीको धारा पुगेसँगै दङ्ग परेका हुन् ।
घरघरमा खानेपानीका धारा निर्माण भएपछि सरसफाइमा समेत परिवर्तन आएको छ । खोरीका महिला एक जुट भएर ८४ लाख रुपैयाँ बराबरको खानेपानी निर्माणको काम गरेका हुन् ।
छडाेखाेला खाेरी खानेपानी सरसफाइ याेजना उपभाेक्ता समितिका सहसचिव बसन्ती बुढ...