म्याग्दी – जिल्लाको बेनी नगरपालिका–८, हस्पिटलचोककी महिला उद्यमी भुलकुमारी रोका अहिले तिहार पर्वका लागि झिनियाँ बनाउने काममा निकै व्यस्त हुनुहुन्छ । बिहान उठेदेखि साँझसम्म झिनियाँलाई पानी तताउने, चामलको पीठो खुड्ने (ढिँडो मस्काउने), मेसिनमा राखेर पेल्ने, झिनियाँ बनाउने, सुकाउने र उठाउने उहाँको दिनचर्या बनेको छ ।
२०६० सालबाट झिनियाँ बनाउने काम सुरु गर्नुभएकी रोकाले पछि बिस्तारै व्यावसायिक रुपमा झिनियाँ बनाउन थाल्नुभएको हो । सुरुवातको समयमा सामूहिक रुपमा पाँच जनाले झिनियाँ बनाएकोमा अहिले उहाँसँगै थ...