भरतपुर महानगरपालिकाको बजेट ४ अर्ब ८१ करोड १२ लाख :  कृषि,  शिक्षा र स्वास्थ्य प्राथमिकतामा

असार १०, चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि चार अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले बिहीवार आयोजित नवौँ नगरसभामा आगामी आवको बजेट प्रस्तुत गरेकी हुन् ।  नगरसभामा प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ १ अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, मर्मतसम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट ३–३ करोड आय हुने अनुमान गरिएको छ । आगामी आवमा महानगरले कृषि पर्यटन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतमा दिएको जानकारी दिएको छ । जसअनुसार शिक्षामा १२ करोड ५० लाख, महानगरपालिका कोभिड कोष स्थापना गर्न एक करोड ५० लाख, अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रमका लागि नौ करोड, कृषिमा ८ करोड, पशुपंक्षी विकासतर्फ ८ करोड ७० लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै शहरी पूर्वाधार, भू–उपयोग तथा वस्ती विकास शीर्षकमा ४१ करोड छुट्याइएको छ जसमध्ये संघ तथा प्रदेशको साझेदारीमा महानगरको मुख्य प्रशासकीय भवन निर्माण गर्न १० करोड रुपैयाँ विनियोजन भएको छ । युवाहरुको रोजगारी प्रवर्द्धन गर्न सहकारी तथा बैंकमार्फत लिने तीन लाख र पाँच लाख रुपैयाँको ऋणको ब्याजमा तीन वर्षसम्मको लागि क्रमशः शतप्रतिशत र ८० प्रतिशत अनुदान दिने कार्यक्रम सञ्चालन गरिने महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले प्रस्तुत गरेको बजेट वक्तव्यमा भनिएको छ ।  निजी क्षेत्रसँगको सहकार्यमा पूर्वाधार निर्माण गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरले चालू आव ०७७/७८ मा चार अर्ब १५ करोड ६४ लाखको बजेट ल्याएको थियो ।  आगामी आवको लागि आन्तरिक आयबाट एक अर्ब २० करोड रुपैयाँ (घरजग्गा रजिष्ट्रेशन, खानी तथा खनिजजन्य पदार्थ बाँडफाँडबाट प्राप्त आयसमेत) र अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ७७ करोड २९ लाख ८३ हजार रुपैयाँ प्राप्त हुने महानगरको अनुमान छ । त्यस्तै, अधुरा योजनाहरुको निरन्तरताका लागि गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई दुई करोड र अन्य बाँकी योजनाहरुलाई ९८ करोड रुपैयाँ छुट्याइएको छ । वडाबाट हुने योजनाका लागि प्रति वडा एक करोड ७० लाखका दरले एकमुष्ठ ४९ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरसभामा महानगर प्रमुख रेनु दाहालले निती तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । दाहालले चालू आवमा ऐन, नियमावली, निर्देशिका र कार्यविधि समेत गरी ९८ ओटा कानून निर्माण गरेर कार्यान्वयनमा ल्याइएको बताइन् । आगामी आवमा महानगरको मुख्य ९० किमी सडकमा स्मार्ट स्ट्रिट लाइट जडान कार्य शुरु गरिने र विद्युतीय सवारी साधनको लागि उपयुक्त स्थानमा रिफ्रेस सेन्टर सहितको चार्जिङ स्टेशन निर्माण गरिने उनले बताइन् ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरको बजेट पारित

२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ । वडाबाट छलफलविना बजेट […]

महानगरपालिकाको बजेट : पूर्वाधार विकासमा प्राथमिकता

काठमाण्डाै - सबै महानगरपालिकाले पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट ल्याएका छन् । हिजो सार्वजनिक भएको बजेटमा ६ वटै महानगरपालिकाले पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्यसहित जनसहभागितामा आधारित विकासलाई जोड दिएका छन् । काठमाण्डौ महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख, ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख, पोखरा महानगरपालिकाले ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार, विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख,  भरतपुर महानगरपालिकाले ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार र वीरगञ्ज महानगरपालिकाले ...

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड

शुक्रबार सम्पन्न दशौं नगरसभामा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर महानगरपालिकाको आर्थिक वर्ष ०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।...

विराटनगर महानगरको बजेट ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार

विराटनगर : विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेश गरेको छ। महानगरको दशौं अधिवेशनको क्रममा शुक्रबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजनिक गरेकी हुन्।चालू आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आयव्यय प्रस्तुत गरेको थियो तर उक्त बजेटको आधा पनि खर्च र आम्दानी हुन नसकेको महानगरले जनाएको छ। चालू वर्षको संशोधित अनुमान २ अर्ब ३२ करोड ८१ लाख १६ हजार छ।आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय हस्

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड

विराटनगर- विराटनगर महानगरपालिकाको नगर सभाको १० औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ । आगामी आर्थिक वर्षमा कूल रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय हुने अनुमान गरिएको छ । सो व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ रु […]

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करो ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा पूर्वाधार तर्फ मात्रै ११ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । जुन ४९ दशमलव ५७ प्रतिशत रहेको छ । यस्तै कार्यालय खर्च करिब ५ अर्ब विनियोजन भएको छ।

विराटनगर महानगरपालिकाको बजेट १ अर्ब घट्ने

विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब कम बजेट ल्याउने भएको छ ।  विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । आगामी आर्थिक वर्षको बजेटको आकार नयाँ स्थानीय सरकारले घटाउन लागेको हो । ‘चालू आर्थिक वर्षको बजेट घट्छ, आम्दानी घटेपछि बजेटको आकार  पनि घट्ने भएको हो,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले भने । आगामी आर्थिक वर्षको बजेट पनि ३ अर्ब ५० करोड देखि ३ अर्ब ६० कर

काठमाडौँ महानगरपालिकाको बजेट संशोधन

काठमाडौँ, ४ माघ: काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट रु ४२ करोड ८४ लाख ७९ हजार बजेटको कार्यक्रम संशोधन गरेको छ । कामपाको १०औँ अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । कामपाको सञ्चित कोषबाट कार्यान्वयन हुने रु १६ अर्ब आठ करोड ७० लाख १२ हजार र बाह्य कोषबाट कार्यान्वयन हुने रु […]

काठमाडौँ महानगरपालिकाको बजेट संशोधन

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट रु ४२ करोड ८४ लाख ७९ हजार बजेटको कार्यक्रम संशोधन गरेको छ ।कामपाको १०औँ अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । कामपाको सञ्चित कोषबाट कार्यान्वयन हुने रु १६ अर्ब आठ करोड ७० लाख १२ हजार र बाह्य कोषबाट कार्यान्वयन हुने रु दुई अर्ब ८७ करोड सात लाख गरी कामपाले चालु आर्थिक वर्षमा कूल बजेट रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार  विनियोजन गरिएको थियो ।  संशोधनबाट ज्येष्ठ नागरिक निःशुल्क खोप कार्यक्रमका लागि रु एक करो