हेलम्बु र जुगल गाउँपालिकाका विद्यालय बन्द

सिन्धुपाल्चोक : हेलम्बु गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै गाँउपालिकाको सबै सेवा स्थगित गरिएको छ। गाँउपालिकाले बुधबारदेखि अनिश्चितकालका लागि सेवा प्रवाह बन्द गरेको जनाएको छ।संक्रमित कर्मचारीसँग निकट रहेकाहरूको परीक्षण भइरहेको र सेवाग्राहीमा समेत कोरोना फैलन सक्ने भएकाले सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।गाँउपालिकाले बैशाख १३ गते नै निर्णय गरी गाउँपालिकाका सबै विद्यालय पनि अनिश्चित कालका लागि बन्द गरिसकेको छ।त्यस्तै‚ जुगल गाँउपालिकाले पनि अर्क

सम्बन्धित सामग्री

मेलम्ची नदीमा आएको भीषण बाढीले बगायो सिन्धुपाल्चोककै जेठो विद्यालय

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले गर्दा जिल्लाकै जेठो विद्यालय बगाएको छ । निरन्तर वर्षाका कारण मेलम्ची नदीमा आएको भीषण बाढीले हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालय बगाएको हो । बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । निरन्तर वर्षाका कारण को शौचालय बाढीले […]

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध, घर, विद्यालय र सडक उच्च जोखिममा

सिन्धुपाल्चोक – लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौँसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा डुबेका छन् […]

मेलम्ची करिडोरमा २९ स्थानमा तटबन्ध

सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् । नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् । गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बु देखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ ।यसले नदीको बहाव नियन्त्रण गर्न, बस्ती बाटो संरक्षण लागि राहत पुगेको चनौटेका स्थानीय रविन कक्षपतिले बताए । ४ करोड लागतमा बागमती प्रदेश अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट अस्थाय

हेल्पले दियो सिन्धुपाल्चोकका ३५ जना विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ । हेलम्बु एजुकेसन एन्ड लाइब्लिहुड पार्टनरसिप (हेल्प) ले सिन्धुपाल्चोकका सामुदायिक विद्यालयहरुबाट एसइई उत्तीर्ण गरेका ३५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कक्षा ११ र १२ अध्ययनका लागि जिल्लाका ३५ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिए । छात्रवृत्ति छनोटका लागि विद्याथीहरुबाट तीन वटा निबन्धसँगै विद्यालय र सम्बन्धित वडाको सिफारिससहित अन्तर्वार्ता लिइएको […]

पक्की पुलमाथिबाट बग्छ खोला

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ महांकालस्थित गोरे खोलाको पक्की पुलमाथिबाट पानी बग्दा आवतजावतमा समस्या भएको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञा र लकडाउनपछि बन्द रहेका विद्यालय खुलेसँगै विद्यार्थीलाई सो पुल भएर आउजाउमा समस्या भएको छ । ‘वर्षायामको ठाडो खोला तर्न निकै गाह्रो हुन्छ, त्यसैले अरु कसैको साथ लिएर तर्ने गरेको छु । […]

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ‘लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो, बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो,’ उनले भने । आगामी दशैंसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् । आइतवारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पुर्‍याएको थियो । बाढीले ठूलो क्षति पु¥याएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ । नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोवास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए । ‘नदी नियन्त्रण र नदीले अवरुद्ध बनाएको सडक खुलाउन हामीले सम्पूर्ण संयन्त्र परिचालन गरेका छौं, करोडौं रुपैयाँ लगानी भइसक्यो । तर पनि हाम्रो लगानी र हाम्रो मिहेनत बालुवामा पानीजस्तै भएको छ,’ उनले भने । गत शुुक्रवारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची–११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन् । अहिले खेतीयोग्य सयौं रोपनी बाढीले कटान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सोमवार बिहानसम्म जिल्लामा यस वर्ष २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात झोलुंगे पुलमा १५ क्षति भएको छ । रासस

विद्यालय भवन बाढीले बगाएपछि विद्यार्थी र अभिभावक अन्योलमा

६ असार, सिन्धुपाल्चोक । हेलम्बुको एक विद्यालयको भवन बाढीले बगाएपछि विद्यार्थी, अभिभावक तथा शिक्षक अन्योलमा परेका छन् । हेलम्बु गाउँपालिका–४ स्थित ईष्ट पोइन्ट एकेडेमीको भवन मेलम्चीमा आएको बाढीले बगाएको हो ।  विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ । अधिकांश विद्यार्थीले पुस्तकसमेत किनिसकेका थिए भने विद्यालयले भर्ना गर्न पनि सुरु गरिसकेको थियो । विद्यालयको अवस्था […]

खण्डहर मेलम्ची, हेर्नुस् पछिल्ला दृश्यहरु

मंगलवार मेलम्ची नदी र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची क्षेत्रमा ठुलो क्षति गरायो। मेलम्ची बाढीका कारण हेलम्बु गाउँपालिकाका २३ जना बेपत्ता छन्। सडक, कयौ खेत, निजी घर, एक विद्यालय, सार्वजनिक संरचना र इलाका प्रहरी कार्यालय बगाएको छ। क्षतिको यकिन तथ्यांक अझै आइसकेको छैन। इन्द्रावती नदी क्षेत्रको पाँचपोखरी थाङपाल गाउँपालिकामा पनि…

बाढीले हेलम्बुको वडा कार्यालय, प्रहरी चौकी र विद्यालय भवन बगायो

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीले बगाएको छ।