सिन्धुपाल्चाेक – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची–हेलम्बुकाे पुनर्निर्माणमा ढिलासुस्ती नगर्ने आश्वासन दिनुभएकाे छ । बाढी प्रभावित सिन्धुपाल्चाेककाे मेलम्ची र हेलम्बु दाैडाहामा जानुभएका प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने घोषणा गर्नुभएकाे हाे ।
यस्तै उहाँले मेलम्ची–हेलम्बुमा बाढीबाट क्षति पुगेका तीन सय ६६ पीडित घरपरिवारलाई ५०/५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ । साथै घाइतेकाे उपचार सरकारले गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएक...