विद्यालय भवन बाढीले बगाएपछि विद्यार्थी र अभिभावक अन्योलमा

६ असार, सिन्धुपाल्चोक । हेलम्बुको एक विद्यालयको भवन बाढीले बगाएपछि विद्यार्थी, अभिभावक तथा शिक्षक अन्योलमा परेका छन् । हेलम्बु गाउँपालिका–४ स्थित ईष्ट पोइन्ट एकेडेमीको भवन मेलम्चीमा आएको बाढीले बगाएको हो ।  विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ । अधिकांश विद्यार्थीले पुस्तकसमेत किनिसकेका थिए भने विद्यालयले भर्ना गर्न पनि सुरु गरिसकेको थियो । विद्यालयको अवस्था […]

सम्बन्धित सामग्री

मुठीदानद्वारा स्थापना भएको विद्यालय अहिले नमुना

तुलसीपुर । अन्यत्र जग्गा नभेटेपछि खोलाले छाडेको जमीन सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, स्थानीय बासिन्दाको । यसैको जगमा तुलसीपुर उपमहानगरपालिका–५ पातुखोलामा ज्ञानज्योति आधारभूत विद्यालय शुरू भयो । विसं २०५८ मा चन्दा संकलन गरेर बनाइएको विद्यालयभवन हावाले उडाएर भत्काइदिए पनि त्यहाँका बासिन्दाले हिम्मत हारेनन् । पुनः विद्यालय भवन निर्माण गरेर कक्षा सञ्चालन गरे । भवन निर्माण भएपछि शुरूमा कक्षा ३ सम्म चलाए । विद्यालय चलाए पनि शिक्षकलाई तलब खुवाउने कुनै स्रोत थिएन । त्यसपछि गाउँका सबैले मुठी दान गरेर शिक्षकलाई तलब खुवाए । ‘मुठी दानमार्फत चामल संकलन गर्‍यौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने, ‘दानबाट संकलन गरेको चामल बेचेर शिक्षकलाई तलब खुवाएका थियौं ।’ हाल त्यही विद्यालय तुलसीपुरका आधारभूत विद्यालयतर्फ नमुनाका रूपमा स्थापित छ । अहिले त्यस विद्यालयका ठूलाठूला भवनसँगै पढाइ पनि उत्तिकै राम्रो छ । त्यसैले पनि त्यो विद्यालय अहिले उपमहानगरपालिकाले नै आधारभूततर्फ उत्कृष्ट विद्यालयका रूपमा लिएको छ । नर्सरी, एलकेजीदेखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा प्रविधिमैत्री पढाइ पनि हुन्छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाका माध्यमबाट पठनपाठन भइरहेको छ । विद्यालयमा अहिले ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ‘शुरूमा निकै चुनौती थियो, पहिले खोलो बग्थ्यो, त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौं,’ विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले भने, ‘अहिले ४५० विद्यार्थी अध्ययनरत छन् ।’ त्यहाँ सबै गरीब, दलित तथा पिछडिएका समुदायका बालबालिका पढ्छन् । पातुखोलाका बस्तीमा प्रायः गिट्टी कुटेर दैनिकी चलाउनेहरू बस्छन् । त्यहाँका विद्यार्थीलाई अन्य विद्यालयमा भर्ना गर्ने स्थिति पनि थिएन । त्यहाँ विद्यालयको आवश्यकता देखेपछि पहल लिएको अभिभावक निर्मल परियारले बताए । ‘नजिकै सेन्टर स्कूल थियो, त्यसमा भर्ना गर्नलाई ठूलो पावर लगाउनुपथ्र्यो,’ उनले भने, ‘पावर नपुगे भर्ना पाउने स्थिति नै रहँदैनथ्यो, त्यसैले पनि हामीले यहाँ विद्यालय स्थापना गरेका हौं ।’ उपमहानगरपालिकाले पनि आधारभूततर्फको उत्कृष्ट विद्यालय देखाउनुपर्दा त्यही विद्यालयलाई नै देखाउने गर्छ । अति विपन्न समुदायका विद्यार्थी पनि अध्ययन गर्ने र खोलाको किनारलाई पनि व्यवस्थित गरेर सञ्चालनमा ल्याएपछि आफूहरूले यो विद्यालयलाई सहयोग र प्रोत्साहन पनि गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारीले बताए । ‘गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरीले अध्ययन गर्ने त्यो विद्यालयलाई नमुनाका रूपमा लिएका छौं,’ उनले भने, ‘त्यसपछि त्यहाँका संरचना पनि उत्तिकै राम्रा भएका छन् ।’ आधारभूत विद्यालयमा ४५० विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक कुरा रहेको उनको भनाइ छ । अहिले त्यहाँ १० जना शिक्षक, चार जना बालविकास, एक जना निजी तथा एक जना परिचर कार्यरत छन् । नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुशी भएका छन् । त्यो विद्यालयमा अहिले आफूहरूले कक्षा ८ मा पढिरहेको र त्यसपछि बाहिर स्कूलमा जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ । ‘अहिलेसम्म हामीले यही विद्यालयमा पढ्यौं,’ विद्यार्थी लीला चलाउनेले भने, ‘अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामी पछि आउने विद्यार्थीले कक्षा १० सम्म यहीँ पढ्न पाउन्, भन्ने चाहना छ ।’ सोही विद्यालयमा शुरूआतदेखि नै मेघराज घिमिरे कार्यरत छन् । उनीसहित तीन जना शिक्षक शुरूआतमा कार्यरत रहेको भए पनि पछि दुई जना शिक्षकले छोडेर गएपछि घिमिरेले सोही विद्यालय हाँकेका छन् । शुरूआतदेखि नै उनी विद्यालयको प्रधानाध्यापक हुन् । केही समय उनले निःशुल्क काम गरे । ‘शुरूमा हामीले तलब पनि दिन सकेनौं, छ महीनासम्म निःशुल्क पढाउनुभयो,’ अध्यक्ष विकले भने, ‘छ महीनापछि रू. १ हजार तलब तोकिदिएका हौं  ।’ रासस

बनेन १२ वर्षअघि ठेक्का लागेको विद्यालय भवन, तालाबन्दीसँगै विद्यार्थीको धर्ना

झापा : तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति झापाको लापरबाही विरुद्ध भद्रपुरस्थित अरनिको माविका विद्यार्थी, शिक्षक तथा अभिभावक संयुक्त रुपमा आन्दोलित बनेका छन्।भारतीय सहयोगमा १२ वर्षअघि ठेक्का लागेको विद्यालय भवन अधुरो छोड्नुमा समन्वय समितिका पदाधिकारीहरूकै लापरबाही देखिएको भन्दै आक्रोशित बनेका उनीहरू आन्दोलनमा उत्रिएका हुन्।विद्यालय भवन बनाउनुपर्ने एक सूत्रीय माग राख्दै आन्दोलित बनेका उनीहरूले सोमबार बिहान जिल्ला समन्वय समिति झापाको कार्यालय भवनमा तालाबन्दी गर्नुका साथै दिनभरि धर्

थवाङमा सेनाले बनाइदियो विद्यालय भवन

उत्तरी रोल्पाको थवाङमा रहेको वीर बलभद्र माध्यमिक विद्यालय जिल्लाका दशवटा पुराना माध्यमिक विद्यालयमध्ये एक हो । २०३५ सालमा स्लेट ढुंगाले छाएर बनेको भवन पुरानो भएका कारण कतिबेला भत्कने हो भन्ने चिन्ता थियो, अभिभावक, विद्यार्थी र शिक्षकलाई । कक्षा कोठा पनि निकै साना अनि प्रकाश नभएका । एउटा कोठामा पढाएको अर्को कोठामा सजिलै सुनिने हुँदा पढाइमा…