काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बर्तौलाले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । अनेरास्ववियुका पूर्व उपाध्यक्ष समेत रहेका लोकप्रिय नेता बर्तौलाले आसन्न दशौं महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
काठमाडौं : एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। गत निर्वाचनमा समानुपातिकबाट एमाले सांसद रहेकी उनले दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
एमाले केन्द्रीय सदस्यसमेत रहेकी चौधरीले शुक्रवार फेसबुकमार्फत आफूलाई जनताको साथ चाहिएकोसमेत बताएकी छिन्। ‘आज मैले ठिक निणर्य गरे या बेठिक…
काठमाडौँ– एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उप–प्रमुख विष्णु रिजालले दैलेखबाट संघीय चुनाव लड्ने आकांक्षा देखाएका छन्। मंसिरमा हुने निर्वाचनमा रिजालले दैलेख क्षेत्र नम्बर २मा एमालेको तर्फबाट उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका हुन्। नागरिकका समस्या समाधानका लागि आफू विगतदेखि नै जनताको साथमा रहेकाले जनताकै प्रतिनिधि भएर यहाँका नागरिकको आवाज सिंहदरबारसम्म पुर्याउन सक्षम रहेको उनले बताए। […]
मेडिकल सञ्चालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।चितवनको सौराहास्थित बन्दसत्र हल बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेलगत्तै प्रसाईले भने, ‘केन्द्रीय सदस्यमा उम्मेदवारी दिन्छु ।’ प्रसाई मेडिकल सञ्चालक हुन् ।
मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
गत कात्तिक ७ गते एमाले पार्टी प्रवेश गरेका प्रसाईले उम्मेदवारी दिन भन्दै फाराम लिएर गएका छन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको प्रसाईले बताए ।
पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जुम्लाको मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईले एमाले प्रवेश गरेको एक महिनामै केन्द्रीय सदस्य लड्न लागेका हुन् ।
प्रसाई ओलीको गृहजिल्ला झापाबाट महाधिवेशन प्रतिनिधि बनेर आएका थिए ।
चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबारबाट चितवनमा हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशन उनी केन्द्रीय सदस्यमा भिड्न लागेकी हुन् ।दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि चयन भएकी वली महाधिवेशनका लागि अहिले चितवन पुगेकी छन् । ‘म महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन्छु’ वली रातोपाटीसँग भनिन् । वलीले विभिन्न चार उद्देश्यका साथ आफूले उम्मेदवारी दिने निर्णय लिएको जानकारी दिइन् ।उनले आ
काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेकपा एमालेको केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् ।
राष्ट्रिय सभा सदस्य समेत रहेकी नेतृ न्यौपानेले पार्टीको आसन्न दशौं महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेकी हुन् ।
काठमाडौँ । नेकपा (एमाले)को १० औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि कृष्णप्रसाद दाहालले उम्मेदवारी घोषणा गरेका छन्।
चितनवमा हुने महाधिवेशनका लागि खुल्ला तर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशमा केन्द्रीय सदस्यका लागि कोमल वलीले पनि उम्मेदवारी दिने भएकी छिन् । वली हाल राष्ट्रियसभा सदस्य छिन् । वली ९ असोज २०७४ मा राप्रपा हुँदै एमाले प्रवेश गरेकी थिइन्। उनलाई तत्कालीन एमाले नेता बामदेव गौतमले स्वागत गरेका थिए।
काठमाडौँ । नेकपा एमाले नेतृ उषाकला राईले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। प्रदेश १ पूर्वसामाजिक विकास मन्त्रीसमेत रहेकी राईले मंगलबार खोटाङको दिक्तेलमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन्।