दुर्गा प्रसाइले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । गत कात्तिक ७ गते एमाले पार्टी प्रवेश गरेका प्रसाईले उम्मेदवारी दिन भन्दै फाराम लिएर गएका छन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको प्रसाईले बताए । पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जुम्लाको मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईले एमाले प्रवेश गरेको एक महिनामै केन्द्रीय सदस्य लड्न लागेका हुन् । प्रसाई ओलीको गृहजिल्ला झापाबाट महाधिवेशन प्रतिनिधि बनेर आएका थिए ।

सम्बन्धित सामग्री

दैलेख–२ बाट चुनावमा उठ्ने विष्णु रिजालको आकांक्षा

काठमाडौँ–  एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उप–प्रमुख विष्णु रिजालले दैलेखबाट संघीय चुनाव लड्ने आकांक्षा देखाएका छन्। मंसिरमा हुने निर्वाचनमा रिजालले दैलेख क्षेत्र नम्बर २मा एमालेको तर्फबाट उम्मेदवारी दिने आकांक्षा   व्यक्त गरेका हुन्। नागरिकका समस्या समाधानका लागि आफू विगतदेखि नै जनताको साथमा रहेकाले जनताकै प्रतिनिधि भएर यहाँका नागरिकको आवाज सिंहदरबारसम्म पुर्‍याउन सक्षम रहेको उनले बताए। […]