दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

मेडिकल सञ्चालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।चितवनको सौराहास्थित बन्दसत्र हल बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेलगत्तै प्रसाईले भने, ‘केन्द्रीय सदस्यमा उम्मेदवारी दिन्छु ।’ प्रसाई मेडिकल सञ्चालक हुन् ।