सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ ले राष्ट्रिय झण्डा र लौरोसहित केही प्रतिनिधिमुलक उम्मेद्वारहरुको उम्मेदवारी घोषणा गरेको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा अधिकांश सहभागीहरु काँधमा राष्ट्रिय झण्डा र लौरो बोकेर सहभागी भएका थिए ।कार्यक्रममा लतिलतपुर क्षेत्र नं ३ बाट राजाराम तण्डुकार, काठमाडौ ८ बाट सुमन सायमी, रुपन्देही ५ बाट भिष्मकुमार राना लगायतले मंसिरको निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।