काठमाडौँ : जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भूभागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ।जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो। कोशी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रूपमा शुरुवात गरिएको अभियानलाई नाकाका सबै क्षेत्रमा क्रमशः अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ। नेपाली भूमि जो कोहीले परैबाट चिन्न सकून् भन्ने उद्देश्यले सीमामा राष्ट्रिय झण्डा राख्ने निर्णय गरिएको सुनसरीका