काठमाण्डाै - संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइन्छ । आज शुक्रवार काठमाण्डौको माइतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत गरिएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपम...