काठमाडौं,२० कार्तिक । माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले जाजरकोटका भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न राजनीतिक दलले पनि भूकम्प प्रभावितलाई सहयोग रकम प्रधानमन्त्री दैविक राहात कोषमा जम्मा गरेका थिए […]
बागमती प्रदेश सरकारले स्थानीय विपद कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी...
पाल्पा : तानसेन नगरपालिका –१४ का जनप्रतिनिधिले राहत कोष स्थापना गरेका छन्।आफूहरूले पाउने सेवा सुविधा वापतको दुई महिनाको रकम राहत कोषमा जम्मा गर्ने वडाध्यक्ष शोभाखर भट्टराईले बताए।उनका अनुसार आफूसहित अन्य चार जना सदस्यले पाउने सेवा सुविधा वापतको दुई महिनाको सुविधा रकम राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ। वडाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। पहिलो चरणमा करिब डेढ लाख रकम जम्मा हुने उनले बताए।राहत कोषबाट वडा भित्रका जनतालाई आइपर्ने विपतमा सहयोग गरिने छ। आगलागी, बाढी, पहिरो, प्र
सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयलाई विपद् प्रतिकार्यका लागि तयार हुन निर्देशन दिएको छ।हालै बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा पाँच करोड रकम जम्मा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई रकम निकासाका लागि स्वीकृतिसमेत दिएको प्रदेश सरकारले जनाएको छ।उक्त बैठकमा बाढी पहिरोजस्ता प्राकृतिक विपदमा घर भत्किएका नागरिकलाई प्रदेश सरकारले ५०
सिन्धुपाल्चोक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
शनिबार बसेको वडा समितिको बैठकले
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीबाट चुनाव जितेका जनप्रतिनिधिको तलबभत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
बिहीवार सम्पन्न बैठकको निर्णयबारे जानकारी गराउँदै नेता वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कमिटी बनाउँदै तलबभत्ता कोषमा जम्मा गर्ने निर्णय भएको बताए । निर्णयबारे शुक्रवार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइनेछ ।
माओवादीका देशभरका सबै ३ लाखभन्दा बढी पार्टी सदस्यलाई स्वयंसेवक हुन अपिल गर्ने निर्णय समेत भएको उनले बताए । ‘५ दिनभित्र देशैभर कोभिड युनिट...