कर्णाली सरकारको निर्णय : विपद् कोषमा ५ करोड, बाढीपहिरो पीडितलाई ५० हजार

सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयलाई विपद् प्रतिकार्यका लागि तयार हुन निर्देशन दिएको छ।हालै बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा पाँच करोड रकम जम्मा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई रकम निकासाका लागि स्वीकृतिसमेत दिएको प्रदेश सरकारले जनाएको छ।उक्त बैठकमा बाढी पहिरोजस्ता प्राकृतिक विपदमा घर भत्किएका नागरिकलाई प्रदेश सरकारले ५०