माओवादीका कर्णाली प्रदेशसभा सदस्यको आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने निर्णय

सुर्खेत। कोभिड-१९ संक्रमण बढेकाले रोकथाम तथा नियन्त्रणका लागि माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा जम्मा गर्ने भएका छन्। कर्णाली प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको संसदीय दलको बैठकले कोरोनाको रोकथाम र उपचारका लागि आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने निर्णय भएको प्रमुख सचेतक सीताकुमारी नेपालीले बताइन्। रासस