पार्टीबाट जितेका जनप्रतिनिधिको तलबभत्ता कोभिड कोषमा जम्मा गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीबाट चुनाव जितेका जनप्रतिनिधिको तलबभत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बिहीवार सम्पन्न बैठकको निर्णयबारे जानकारी गराउँदै नेता वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कमिटी बनाउँदै तलबभत्ता कोषमा जम्मा गर्ने निर्णय भएको बताए । निर्णयबारे शुक्रवार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइनेछ । माओवादीका देशभरका सबै ३ लाखभन्दा बढी पार्टी सदस्यलाई स्वयंसेवक हुन अपिल गर्ने निर्णय समेत भएको उनले बताए । ‘५ दिनभित्र देशैभर कोभिड युनिट...