कैदी–बन्दीविहीन बन्यो हुम्ला कारगार

सिमकोट– जिल्ला प्रहरी कार्यालय हाताभित्रै रहेको कारागार कैदी बन्दीविहीन भएको छ। अदालतबाट फैसला भएर कारागार जीवन बिताइरहेका कैदी बन्दीहरुलाई जिल्ला बाहिर जेल चलान गरिएपछि जिल्लामा कारागार खाली भएको हो। प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले जिल्ला प्रहरी कार्यालयमै रहेको थुनुवा कक्षसँगैको भवनमा रहेको कारागारमा समय बिताइरहेका दुई जनालाई नेपालगंज जेल चलान गरिएपछि खाली भएको जानकारी दिए। […]