माैसम सुधार नहुँदा सञ्चारविहीन बन्यो हुम्ला

हुम्ला जिल्ला सञ्चारविहीन भएको छ । जिल्लामा बुधबारदेखि घाम नलाग्दा सदरमुकाम लगायत सबै ग्रामीण बस्तीहरू र जिल्ला बाहिर रहेका अप्टिकल फाइबर तथा रिपिटर टावरमा रहेका सोलार सिस्टमले काम गरेको छैन । सोलार सिस्टमले काम नगरेपछि जिल्लाका ७ वटै गाउँपालिका सञ्चारविहीन भएको हो ।