प्रदेश १ पूर्व मुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवा सुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् ।उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । 'गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयो,' दाहालले भने,'मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।'म