विराटनगर : प्रदेश १ का पूर्व-मुख्यमन्त्री शेरधन राईले चार महिनापछि सरकारी गाडी फिर्ता गरेका छन्। पदमुक्त भएको चार महिना बितिसक्दा पनि सरकारी गाडी फिर्ता नभएको भनी चर्को आलोचनापछि राईले गाडी फिर्ता गरेका हुन्।पूर्व-मुख्यमन्त्री राईले काठमाडौंमा नै गाडी जिम्मा लगाएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे। उनका अनुसार राईले गाडी लिन आउनु भनेर टेलिफोन सम्पर्क गरेका थिए।तर, गाडी कसले बुझे भन्ने सचिव दाहालले खुलाउन चाहेनन्। मन्त्रालयबाट चालक पठाएर गाडी ल्याउने तयारीमा रहेको