काठमाडौं। गत एक वर्षमा नेपालले भारतबाट एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँको केरा आयात गरेको छ।भन्सार विभागले सार्वजनिक गरेको एक वर्षको आयात/निर्यात तथ्यांकले यस्तो देखाएको हो।विभागकाअनुसार उक्त मूल्य बराबरको ५ करोड ८४ लाख ६५ हजार किलो केरा भित्रिएको छ। यो आयातबाट राज्यले एक वर्षको अवधिमा १५ करोड ५१ लाख ९४ हजार रुपैयाँ भन्सार राजश्व संकलन गरेको बताइएको छ।