राजधानी हेटौँडालाई सुविधा सम्पन्न बनाउन १ अर्ब ५ करोड

हेटौँडा- बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौँडालाई सुविधा सम्पन्न गराउन १ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष  २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत बागमती प्रदेशको राजधानी हेटौँडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक […]

सम्बन्धित सामग्री

नेप्सेमा ३.७६ अंकको वृद्धि, कारोबार १ अर्ब २६ करोडमा सीमित

सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३४ अंकले घटेर १९८८ अंकमा झरेको सूचकमा सोमबार ३.७६ अंकले वृद्धि हुँदै १९९३.०२ अंकमा उक्लिएको हो । तर, कारोबार रकम भने आज १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको मात्र भएको छ । अघिल्लो दिन ३४ अंकले घटेको बजारमा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् भने ट्रेडिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स

साउनमा १ अर्ब ८३ करोडको बिजुली भारत निर्यात

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ ।प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन

कर्णालीमा पदाधिकारी र कर्मचारीको वार्षिक खर्च १ अर्ब ४१ करोड !

कर्णाली प्रदेश सरकारले पदाधिकारी र कर्मचारीका लागि मात्र वार्षिक १ अर्ब ४१ करोड ९३ लाख ८३ हजार ४६३ रुपैयाँ खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारका पदाधिकारी र कर्मचारीहरुको पारिश्रमिकमा मात्रै १ अर्ब ५ करोड १४ लाख ६२ हजार २२ रुपैयाँ खर्च गरेको छ । यस्तै, अन्य सेवा सुविधा भत्ता, पोशाक लगायतका नौ वटा शीर्षकमा ३६ करोड ७९ लाख २१ हजार ४४१ रुपैयाँ सकिएको छ ।प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार पदाधिकारीहर

गरिमा विकास बैंकको नाफा १ अर्ब माथि

गरिमा विकास बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २६.३५ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा गरिमाको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन नाफा २५.३५ प्रतिशतले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर १ अर्ब ५

प्रदेश १ मा बेरुजुको चाङ, १ अर्ब ५ करोड ७९ लाखको सवारी साधन खरिद

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/०८८ सम्मा १ अर्ब ५ करोड ७९ लाख ४३ हजारको सवारी साधन खरिद गरेको छ । प्रदेश मातहतका विभिन्न निकाय तथा कार्यालयहरूले आर्थिक वर्ष २०७७/०७८ मा मात्रै सवारी साधन खरिदमा १४ करोड ५२ लाख २६ हजार खर्च गरेको छ । विगत ३ वर्षमा सवारी साधन खरिदमा प्रदेश सरकारले ९१ करोड २७ लाख २७ हजार खर्च गरेको थियो ।महालेखा परीक्षक कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार प्रदेश सरकारले सवारी साधन खरिदसम्बन्धी मापदण्ड स्वीकृत गरी लागू गरे पनि तोकिएको सीमाभन्दा बढी मूल्

बागलुङ नगरपालिकाले ल्यायो १ अर्ब ३१ करोड ११ लाखको बजेट

बागलुङ : बागलुङ नगरपालिकाले १ अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको एघारौँ नगरसभाबाट नगर उपप्रमुख राजु खड्काले प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्षको तुलनामा २६ करोड रुपैयाँ बढी हो।नगरपालिकाले आर्थिक वर्ष २०७८।०७९ मा १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँ सार्वजनिक गरेको थियो भने यो वर्ष झण्डै २६ करोड रुपैयाँ बढेको छ।बजेटमा चालूतर्फ ८४ करोड ५२ लाख १२ हजार पाँच सय पुँजीगततर्फ ४५ करोड ३७ लाख २२ हजार पाँच सय र वित्तीय व्यवस्थातर्फ १ करोड २२ लाख ४४ हजार गरी जम्मा १ अर

एक सातामै सडक र पुलमा एक अर्बको क्षति

वेमौसमी वर्षाका कारण सडक र पुलमा १ अर्ब ५ करोड रुपैयाँको क्षति भएको छ । सडक विभागका अनुसार, कात्तिकको पहिलो साता आएको वर्षाका १ अर्ब ५ करोड रुपैयाँ क्षति भएको छ ।विभागका अनुसार यसै वर्षको जेठ २५ देखि असोज ३० सम्म २ अर्ब ३५ करोड रुपैयाँको बराबरको सडक र पुलमा क्षति भएको थियो भने पछिल्लो […]

बेमौसमी वर्षाले राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति

७ कात्तिक, काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण अनुसार बेमौसमी वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो । […]

केरा आयत बढ्यो, एक वर्षमा १ अर्ब ७१ करोडको केरा नेपाल भित्रियो

काठमाडौं।नेपालमा बिभिन्न देशबाट हुने केरा आयतमा वृद्धि भएको छ।गत आर्थिक वर्ष २०७७/७८ मा मात्र नेपालमा १ अर्ब ७१ करोड ५४ लाख ८१ हजार रुपैयाँको केरा भित्रिएको भन्सार विभागले जानकारी दिएको छ। अघिल्लो वर्षमा १ अर्ब ५२ करोड ६६ लाख ५६ हजार रुपैयाँको केरा भित्रिएको थियो।गत वर्ष ५ करोड ८४ लाख ६५ हजार २०३ केजी केरा आयात गरेको विभागले जनायो।

राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने

नेपाल राष्ट्र बैंकले १ अर्ब ५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गर्ने भएको छ। बैंकले एक वर्षे मुद्दती निक्षेपमा सो रकम लगानी गर्ने भएको हो।