काठमाण्डाै – संसद्को अवरोध हटाउने विषयमा सभामुखले बोलाउनुभएको सर्वदलीय शीर्ष नेताको बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । सभामुखले बाहिर देखाउनकै लागि छलफलको नाटक गरेकाले आफूहरू सहभागी नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो ।
‘यो समस्या सभामुख र एमालेबीचको समस्या हो, प्रधानमन्त्रीसहित अरू दलका नेताहरूलाई बोलाएर सभामुखले नाटक मञ्चन गर्न खोज्नुभएको छ, समस्या समाधान गर्ने उद्देश्यले नभइ उहाँले सहानुभूति बटुल्न र सहमतिको प्रयास गरेको नाटकका लागि मात्रै छलफल गर्न खोज्...