पुम्दीकोटमा महादेवको मूर्ति स्थापना

पोखरा–२२ पुम्दीभुम्दीको पुम्दीकोटमा विशाल महादेवको मूर्ति स्थापना गरिएको छ ।करिब ८ महिनाअघि भारतबाट आएको मूर्तिको विभिन्न भागलाई भारतबाट आएका कालिगढले लिफ्ट र क्रेनको सहायताले मूर्ति जडान गरेसँंगै मूर्ति रंग रोगनको काम सम्पन्न भएको विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । सिंह आसनमा बसेको ५१ फिट अग्लो महादेवको मूर्ति भारतको मथुरामा बनाइएको हो […]

सम्बन्धित सामग्री

पोखराको पुम्दीकोटमा आइतबारदेखि पुनः महायज्ञ सुरु हुने

पोखराको पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गरेको पुम्दीकोट विशाल महादेवको मूर्ति परियोजनालाई थप प्रभावकारी बनाउन पुनः दोस्रो पटक आइतबारदेखि महायज्ञ सुरु हुने भएको छ । २० करोडको परियोजनाबाट प्रारम्भ भएको उक्त परियोजना समयअनुसार योजना परिमार्जित हुँदा हाल ४० करोडको बृहत् योजना समेटिएकाले बाँकी कार्य योजना र केही ऋण चुत्ता गर्नका लागि दोस्रो पटक महायज्ञ […]

पुम्दीकोटमा महायज्ञ

पोखरा महानगर–२२ स्थित पुम्दीभुम्दीको पुम्दीकोटमा आइतबारदेखि महायज्ञ सुरु हुने भएको छ । महायज्ञ वैशाख १२ सम्म चल्ने छ । पुम्दीकोट विशाल महादेवको मूर्ति परियोजना अन्तर्गत अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्त रकम भुक्तानीका लागि पुनः दोस्रोपल्ट महायज्ञ आयोजना गर्न लागिएको आयोजक पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

पर्यटकीयस्थल पुम्दीकोटमा निमार्णाधीन महादेवको मूर्ति

कास्की, २३ चैत । पोखराको पर्यटकीयस्थल पुम्दीकोटमा निमार्णाधीन महादेवको मूर्ति । आजभोलि यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ । तस्वीरः प्रदीपराज वन्त÷रासस

पुम्दीकोटको महादेव मूर्ति मौलिक पर्यटनको केन्द्र बन्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जर्नादन शर्माले पोखरा २२ स्थित पुम्दीकोटमा निर्माणकै क्रममा रहेको महादेवको मूर्ति नेपालको मौलिक पर्यटनको केन्द्र बन्ने बताएका छ्न । शनिबार महादेवको मूर्ति अवलोकन गर्दै मन्त्री शर्माले नेपालको मौलिक पर्यटनको केन्द्र बन्ने बताए ।महादेवको मूर्तिले संस्कृतिक र राष्ट्रियतालाई स्थापित गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए । सो महादेवको मूर्तिले पुम्दीकोट क्षेत्रको मात्र नभई पोखरा र […]

महादेवको मूर्ति अवलोकन गर्न पर्यटकको भिड

धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा २२ पूम्दी भुम्दीको पुम्दीकोटमा निर्माण भइरहेको महादेवको मूर्तिको अवलोकन गर्न आउने पर्यटकको भिड लाग्न थालेको छ । दसैंको अवसरमा आन्तरिक पर्यटकहरुको यतिबेला पुम्दीकोटमा महादेवको मूर्ति अवलोकन गर्न भिड लाग्ने गरेको निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।सार्वजनिक बिदा र दसैंको अवसरमा दैनिक करिब ३ हजार भन्दा बढी पर्यटक पुम्दीकोट […]

पुम्दी भुम्दीको सडक निर्माणमा ५५ करोड लगानी आवश्यक अर्थमन्त्री बराल

।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराको बिशाल महादेवको मूर्ति धामलाई अब नवलपुरको त्रिवेर्णीधामदेखि हिमाल पारीको जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय तिर्थ स्थल मुक्तिनाथ मन्दीरलाई समेत जोड्नुपर्ने बताए । पुम्दीकोट कोट विकास समितिले सोमबार पुम्दीकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्री सहितका मन्त्रीहरूलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको आर्थिक विकासको एउटा आधार […]

विशाल महादेव मूर्तिको ४० प्रतिशत निर्माण कार्य सम्पन्न

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा २२ स्थित पुम्दीकोटमा हाल निर्माण हुँदै गरेको विशाल महादेवको मूर्ति सहितको परियोजना गण्डकी प्रदेशकै नयाँ प्रोडक्टको रुपमा भएको दाबी गरेका छन् । बुधबार विशाल महादेवको मूर्तिको निर्माण कार्य भई रहेको उक्त स्थलमा पुगेर अवलोकन गरे पश्चात विशाल महादेवको मूर्ति निर्माणले धार्मिक पर्यटकीय गन्तव्यको रुपमा प्रदेशको नयाँ प्रोडक्ट भएको बताए ।

महादेव मूर्तिको ३५% निर्माणकार्य सम्पन्न

पोखरामा निर्माणाधीन महादेवको मूर्ति निर्माणकार्य करिब एक तिहाइ सम्पन्न भएको छ । पोखरा महानगरपालिका–२२ को पुम्दीकोटमा निर्माण हुन लागेको विशाल महादेवको मूर्तिसहितको भौतिक संरचना निर्माणकार्य करिब ३५ प्रतिशत सम्पन्न भएको महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

मूर्ति निर्माणकार्य २५% सकियो

पोखरा महनगरपालिका–२२ पुम्दीकोटमा महादेवको विशाल मूर्तिसहितको भौतिक संरचना निर्माणकार्यलाई तीव्र पाएिको छ । फागुन महिनाभित्र महादेवको मूर्ति राख्ने गरी निर्माणलाई तीव्र पारिएको महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापना गर्न लागिएको उक्त विशाल महादेवको मूर्तिसहितको अन्य संरचनाको काम हालसम्म २५ प्रतिशत निर्माण सम्पन्न भएको अध्यक्ष बरालले जानकारी दिए ।