महादेव मूर्तिको ३५% निर्माणकार्य सम्पन्न

पोखरामा निर्माणाधीन महादेवको मूर्ति निर्माणकार्य करिब एक तिहाइ सम्पन्न भएको छ । पोखरा महानगरपालिका–२२ को पुम्दीकोटमा निर्माण हुन लागेको विशाल महादेवको मूर्तिसहितको भौतिक संरचना निर्माणकार्य करिब ३५ प्रतिशत सम्पन्न भएको महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

सम्बन्धित सामग्री

लमजुङमा एक सय आठ फिटको महादेवको मूर्ति निर्माण हुँदै

लमजुङ । सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दीनदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो । संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलका अनुसार यस मूर्तिको रङरोगन गर्ने कार्य मात्र बाँकी रहेको र अब डेढ महिनाभित्रमा सकिने छ । काठमाडौँ र पोखराबाट कालिगढ ल्याएर निर्माण गरिरहेको तथा बालुवा र सिमेन्टले मात्र मूर्ति निर्माण गरिएको उनको भनाइ छ । मूर्तिका साथै महादेवको बाहन साँढे पनि निर्माण गरिएको छ । मूर्ति बनाउनका लागि मात्र हालसम्म करिब रु डेढ करोड खर्च भइसकेको समितिले जनाएको छ । समितिका अनुसार यसको अलवा सोही परिसरमा १०८ शिवलिङ्ग र १०८ धारा निर्माण गर्न लागिएको छ । यतिबेला जमिन सम्याउने र धारा निर्माणका लागि पर्खाल लगाउने कार्य भइरहेको छ । हालसम्म यी पूर्वाधारका लागि रु दुई लाख खर्च भइसकेको समितिका उपाध्यक्ष पोखरेलले बताए । यस समितिको नाममा रहेको ११ रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ । समितिको जग्गामा दुई सय २० केभी प्रसारण लाइन विद्युत्को तारमुनि पर्ने र १३ आना जमिनमा टावरसमेत राखेपछि साढे दुई वर्षअघि तारमुनि जमिन परेबापत विद्युत् प्राधिकरणबाट रु ७३ लाख र टावर राखेबापत रु ७२ लाख प्राप्त गरेको थियो । उक्त रकम प्राप्त भएपछि महादेवको मूर्ति, धारा र शिवलिङ्ग बनाउने योजना बनाएर विसं २०७८ वैशाखबाट महादेवको मूर्ति बनाउन थालिएको हो । हाल धारा र शिवलिङ्ग बनाउने कार्यसमेत अघि बढिरहेको समितिले जनाएको छ । समितिका अनुसार रु ७३ लाख बेँसीसहरमा एक बैंकमा १० वर्षका लागि मुद्धति खातामा राखिएको र सोबाट तीन–तीन महिनामा रु एक लाख ५० हजार ब्याज आउने गरेको छ । उक्त ब्याजबाट आएको रकम र टावर राखेबापतको रु ६३ लाखबाट थालनी गरिएको उक्त कार्यका लागि सुन्दरबजार नगरपालिकाको गत वर्ष र यस वर्ष गरी रु ३० लाख, खानेपानी तथा सरसफाइ एकाइ कार्यालयबाट धाराका लागि यस वर्ष रु १० लाख, सामाजिक विकास कार्यालयबाट रु १० लाख, पूर्वाधार विकास कार्यालयबाट रु २० लाख, राइनास नगरपालिकाबाट रु एक लाख ५० हजार समितिलाई सहयोग प्राप्त भएको समितिका उपाध्यक्ष पोखरेलले जानकारी दिए । त्यस्तै महादेवको मूर्ति स्थापनाका लागि चन्दा संकलन भइरहेको र अघिल्लो वर्षदेखि हालसम्म रु १४ लाख उठेको तथा धारा र शिवलिङ्ग बनाउनका लागि रु ११ हजार एक सय ११ लिएर आजीवन सदस्य बनाउने अभियान चलिरहेको समितिले जनाएको छ । यस अभियानबाट हालसम्म रु चार लाख बढी रकम उठेको र आजीवन सदस्य बन्ने व्यक्ति थपिँदै गएको समितिका उपाध्यक्ष पोखरेलले बताए । हिन्दू धर्म मान्ने मान्छे घट्दै गइरहेका बेलामा त्यसलाई रोक्न, हिन्दू धर्मको जगेर्ना गर्न यस्ता पूर्वाधार निर्माणले सहयोग पुग्ने अपेक्षाले निर्माण गरिएको उनको भनाइ छ । मर्स्याङ्दीनदीमा स्नान गर्न, सत्बिज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन् । तीर्थस्थल बन्दै गएको मर्स्याङ्दीनदीमा यस्ता संरचना निर्माण भएपछि भक्तजन तथा तीर्थालु अन्यत्र जानु नपर्ने तथा टाढा–टाढाबाट समेत भक्तजन यहाँ आउने समितिले जनाएको छ । डुम्रे बेँसीसहर सडक नजिकै तथा लमजुङ र तनहुँको सिमाना पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँको व्यापार व्यवसायमा समेत टेवा पुग्ने स्थानीयको भनाइ छ । सो क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको छ । महादेवको मूर्ति तथा धारा र शिवलिङ्ग निर्माणले धार्मिकरूपमा मात्र नभई पर्यटकीय गन्तव्यसमेत बन्ने सुन्दरबजारका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए । त्यस्तै पाउँदी बजारको लोकप्रियतासमेत बढ्ने र धार्मिक तीर्थालु तथा पर्यटक आउँदा आम्दानी पनि हुने उनको भनाइ छ । जिल्लाकै एक प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्र बन्ने नगरप्रमुख कोइरालाले बताए । रासस

मूर्ति निर्माणकार्य २५% सकियो

पोखरा महनगरपालिका–२२ पुम्दीकोटमा महादेवको विशाल मूर्तिसहितको भौतिक संरचना निर्माणकार्यलाई तीव्र पाएिको छ । फागुन महिनाभित्र महादेवको मूर्ति राख्ने गरी निर्माणलाई तीव्र पारिएको महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापना गर्न लागिएको उक्त विशाल महादेवको मूर्तिसहितको अन्य संरचनाको काम हालसम्म २५ प्रतिशत निर्माण सम्पन्न भएको अध्यक्ष बरालले जानकारी दिए ।

कछुवा गतिमा राजधानीका नदी कोरिडोर

काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा महत्वपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीले नै स्वीकार गरेका छन् । यो खबर आजको गोरखापत्रमा छापिएको छ। बागमती र धोबीखोला कोरिडोरबाहेक अन्य कोरिडोरमा निर्माणकार्य तोकिएको लक्ष्यअनुसार हुनसकेको छैन भने बजेट उपलब्ध भएर पनि खर्च हुनसकेको छैन । सरकारले धोबी खोला, बागमती, विष्णुमती, नख्खु खोला, महादेव खोला…